काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताउनुभएको छ ।
मङ्गलवार मन्त्रालयमा पत्रकारहरुसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री कार्कीले चुनाव निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै चुनावमा अहिलेको गठबन्धन कायम रहनेमा शङ्का नरहेको बताउनु भयो । उहाँले यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको...