काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई चुनाव जिताउन मात्र नभएको बताउनुभएको छ । उहाँले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाले आज मङ्गलवार बनेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धन नेतालाई चुनावमा जिताउन मात्रै नभइ देशलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताउनुभएको हो ।
‘गठबन्धन देशको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भइ देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ&rsq...