कञ्चनजंघा हिमशृङ्खला क्षेत्र : पर्यटकको आगमन बढ्यो

ताप्लेजुङ : कञ्चनजंघा क्षेत्रमा पछिल्लो समय पर्यटकको संख्या बढेको छ। लामो समय सुनसानजस्तै रहेको यो क्षेत्रमा तीन महिनामा ६५० विदेशी पर्यटकले भ्रमण गरेका छन्। कचञ्चनजंघा क्षेत्रमा दुई याममा पर्यटक भम्रण गर्छन्। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले चालु आर्थिक वर्षको पहिलो याम असोज, कात्तिक र मङ्सिरसम्म कञ्चनजंघा हिमालको आधार शिविरको ६५० बाह्य पर्यटकले अवलोकन गरेको बताए। त्यत्तिकै सङ्ख्यामा आन्तरिक पर्यटकले समेत कञ्चनजंघा क्षेत्रको अव

सम्बन्धित सामग्री

पदयात्रामा पर्यटक गाइड अनिवार्य नीति लागू होला?

हालसालै आएको विभिन्न समाचारअनुसार  १ अप्रिल, सन् २०२३ देखि लागू हुने गरी नेपाल भ्रमणमा आउने कुनै पनि विदेशी पर्यटकहरू आफूखुशी पदयात्रा अर्थात् ट्रेकिङ गर्न जान पाउनेछैनन् । कम्तीमा विदेशी पदयात्रीका साथमा एक जना ट्रेकिङ गाइड अनिवार्य रूपमा रहनेछन् । अलि खर्चिलो र पैसा खर्च गर्नमा ‘मक्खिचुस’ नभएका पदयात्रीहरूले भने आफ्नो साथमा भरिया पनि लैजान सक्नेछन् । यस्तो व्यवस्थाले नेपाली पर्यटन क्षेत्रमा रोजगारी बढ्ने पक्का छ । खास गरी ट्रेकिङ गाइडको तालीम लिएर पनि भारी बोक्नसमेत नपाउने स्थितिमा रहेका ट्रेकिङ गाइड साथीहरूको मुहारमा पक्कै चमक आउनेछ । गाइड उत्पादन (ट्रेकिङ र टुर गाइड दुवैमा) मा हालसम्म राज्यको १ पैसा पनि लगानी परेको छैन । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै फ्री इन्डिभिज्युअल ट्रेकर (एफआईटी) का रूपमा ४६ हजारभन्दा बढी पर्यटक नेपालका विभिन्न स्थानमा आफूखुशी एक्लै पदयात्रा गर्न निक्लिएका थिए । सन् २०१९ को अन्त्यतिर चीनबाट शुरू भएको कोरोना महामारीपछि सन् २०२० र २०२१ मा यस्तो संख्या लगभग शून्य नै रहेको थियो । तर, २ वर्षको शून्यतापछि पुन: बढ्दै गएको विदेशी पर्यटकको आगमन दरसँगै यस्ता पर्यटकको संख्या पनि बढ्न थालेको छ । सन् २०१९ मा नेपालमा एफआईटीका रूपमा गएका विदेशी पदयात्रीका तुलनामा सन् २०२२ मा लगभग ५७ प्रतिशतले घटेर १९ हजार चानचुन यस्ता विदेशी पर्यटक नेपाल आएको एनटीबीको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । नेपाली पदयात्रा क्षेत्रका गाइडहरूलाई सेवासुविधा पनि उपलब्ध छैन । ९० प्रतिशतभन्दा बढी गाइड ज्याला मजदूरजस्ता छन् । यति मात्र नभएर भइपरी आउने आकस्मिक उद्धारमा पनि नेपालका ट्रेकिङ गाइडहरू चुक्ने गरेका छन् । एक उदाहरण लगभग २ वर्षअघिको कोरोना महामारी (कोभिड–१९) काललाई सम्झौं । जब नेपालमा नोभेल कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहर चल्दै थियो, नेपालको पूर्वी क्षेत्रको ताप्लेजुुङको कञ्चनजंघा क्षेत्र, संखुवासभा जिल्लाको मकालु, सोलुखुम्बु जिल्लाको लुक्ला, नाम्चे, दोलखा जिल्लाको गौरीशंकर, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, रसुवा जिल्लाको गोसाइँकुण्ड, लाङटाङ त्यस्तै नुवाकोट–धादिङ–रसुवा जिल्लाभित्र पर्ने गणेश हिमाल क्षेत्र, गोरखाको चुम भ्याली, मनास्लु, मनाङ जिल्लाको नार–फु, थोराङपास, मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङ क्षेत्र, मुक्तिनाथ, जोमसोम, धवलागिरि, डोल्पा जिल्लाको पनि अझ माथिल्लो डोल्पाको शे गुम्बा, धो, तराप, तिनजे/तिल्जे, हुम्ला जिल्लाको सिमकोट, लिमी, दार्चुला जिल्लाको व्यास आदि सुदूरपश्चिमसम्मका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक भ्रमण गर्दै थिए । उनीहरूका साथमा गाइड र भरियाहरू पनि रहेका थिए । त्यो बेला सरकारले ‘लकडाउन’को नीति अपनायो । सरकारको उक्त निर्णयले हिमाली क्षेत्रका पर्यटकीय क्षेत्रमा बाँकी रहेका विदेशी पर्यटक फर्कनलाई असर पर्‍यो । अझ विदेशी पर्यटकका साथमा रहेका गाइड र भरियाहरूलाई त झन् धेरै असर पर्‍यो । किनभने, ती क्षेत्रमा बाँकी रहेका विदेशी पर्यटकलाई नेपाल सरकार र सम्बद्ध देशले जसोतसो उद्घार गरे । विदेशी पर्यटकका साथमा रहेका नेपाली गाइड र भरियाहरूलाई भने तत्कालका लागि के–कसो गर्ने भनेर कुनै प्रभावकारी निर्णय भएन । फलत: त्यो बेला प्राय: सबै नेपाली गाइड र भरियाहरूको उद्धारमा ढिलाइ भयो । कतिपय नेपाली गाइड र भरियाहरू आआफैले व्यवस्था गरेर पनि आफ्नो गन्तव्यस्थलतर्फ फर्के । तर, लगभग ३१ हजार विदेशी पर्यटकलाई भने नेपालको विभिन्न क्षेत्रबाट उद्धार गरी उनीहरूको देश फिर्ता गरिएको थियो । नेपाली गाइड र भरियाहरूलाई चाहिँ बेवारिसे अवस्थामा छाडियो । त्यसो त विदेशी पर्यटकलाई गाइड गर्ने गाइडहरूले आफ्नो मातृभाषा र राष्ट्रभाषाबाहेक कम्तीमा १ वा २ देखि ३, ४ ओटा अन्य (विदेशी भाषा) भाषासमेत जानेको हुन्छ भने जुनसुकै देशका गाइडहरूले आफ्नो देशमा घुम्न आएका विदेशी पर्यटकहरूलाई आफ्नो देशको समग्र स्थिति, आफ्नो देशको इतिहास, आफ्नो देशको ऐतिहासिक पृष्ठभूमि, आफ्नो देशको विभिन्न कालखण्डका शासक वा तिनका वंशहरू, आफ्नो देशको वर्तमान राजनीतिक व्यवस्था, यहाँका जातजाति, यहाँका अमूर्त सम्पदा, प्राकृतिक सम्पदा, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, चाडबाड, उत्सव, महोत्सव, रीतिथिति, भूगोल, हिमाल, हिमताल, हिमनदी, वातावरण, वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, झारपात, लेउ आदिका बारेमा तथ्यपरक, सही र वास्तविक सूचना दिएर आफ्नो देशको नाम उँचो राख्ने गर्छन् । यसरी हेर्दा नेपालमा घुम्न आएका विदेशी पर्यटकलाई आफ्नो देशको सही र तथ्यपरक जानकारी दिने प्रथम व्यक्ति नै गाइडहरू हुन्छन् । भनाइ नै छ, ‘गाइडहरूले कहिल्यै पनि गलत सूचना दिनु हुँदैन, नेपाल घुम्न आउने विदेशी पर्यटकलाई ।’ हो, त्यही कारण पनि कुनै पनि गाइडले विदेशी पर्यटकलाई आफ्नो देशका बारेमा सही र सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने प्रथम दायित्व हुनुपर्छ । त्यसैले विश्वका सबै देशका सरकारले पर्यटक गाइडहरूलाई आफ्नो देशको ‘अवैतनिक राजूदत’का रूपमा मान्यता दिएको छ । गाइड उत्पादन (ट्रेकिङ र टुर गाइड दुवैमा) मा हालसम्म राज्यको एक पैसा पनि लगानी परेको छैन । उल्टै (ट्रेकिङ र टुर गाइड दुवै तालीममा) तालिम गर्दा ताका गाइड तालिम गर्न/लिन चाहने व्यक्तिले राजस्व तिरेको हुन्छ भने उनीहरू गाइड गर्न गएपिच्छे आफ्नो तलबबाट निश्चित प्रतिशत राज्यलाई आय करसमेत तिरेको हुन्छ । यसरी राज्यको एक पैसाविना उल्टै राज्यलाई फाइदा गराउने गाइडहरू खास गरी ट्रेकिङ गाइडहरूको महत्व नै नबुझेको देखिन्छ । यस्तोमा अहिले विनागाइड पदयात्रा जान नपाउने नीति ल्याइएको छ । यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्न सकिन्न किनकि यस्तै खाले थुप्रै प्रावधानहरू लागू भएका छैनन् । यो नीति लागू भएमा पर्यटन गाइडहरूले रोजगारी पाउने भने निश्चित छ । लेखक पर्यटनकर्मी हुन् ।

कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कंदै

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद् कार्यालयका अनुसार गएको चार महीनामा ४३९ विदेशी पर्यटकले भ्रमण गरेका छन् । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा हिमशृंखला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । परिषद् कार्यालयका सचिव मनकुमार लिम्बूका यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन भएको बताउँछन् । ‘पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्,’ उनले भने । पर्यटकलाई लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रू. सात करोडभन्दा बढीको लगानीमा बनेको सिंगी नामजोङ होटल सञ्चालनमा छ । समुद्री सतहबाट तीन हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा रू. एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए । ‘कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुन सकेको थिएन । पर्यटन व्यवसायी निराश भएका थिए । पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्,’ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भनिन् । आर्थिक वर्ष २०७६/७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएको परिषद्को तथ्यांकमा उल्लेख छ । २०५७ देखि २०७७ सालसम्म ११ हजार १९७ विदेशी पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गरेको परिषद्ले बताएको छ । कञ्चनजंघाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्छन् । काठमाडौंबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजंघाको आधार शिविर पुगिन्छ । यहाँ आउने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ । रासस

कञ्चनजंघा हिमाल आरोहणका लागि आन्तरिक पर्यटकको चहलपहल

फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै हुनुहुन्थो । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै गर्नुभएको हो । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन […]

कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी हुन् । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै गरेका हुन् ।विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी शेर्पाले बताए । त

कञ्चनजंघा क्षेत्रमा आउन थाले पर्यटक

ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन शुरू भएको छ । कोभिड संक्रमण दर घटेसँगै कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका हुन् । कोभिड–१९ महामारी शुरू भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको आगमन हुन थालेको हो । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजंघा प्रवेशद्वार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताइन् । लामो समय बन्द भएको व्यवसाय पर्यटकको चहलपहल हुन थालेसँगै सञ्चालनमा आउन थालेको उनको भनाइ छ । दुईओटा पदमार्गबाट कञ्चनजंघा हिमालसम्म पर्यटक पुग्छन् । दक्षिण (रूट) पदर्माग पाँथचरको गणेश चोकदेखि याम्फुदिन हुँदै कञ्चनजंघा हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । यो रूट हुँदै नर्वे र स्वीट्जरल्यान्डका नागरिकका दुई समूह शुक्रवार कञ्चनजंघा क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए । उत्तर रूट पदमार्ग ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि घुन्सा हुँदै आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । दक्षिणबाट बिहीवार १९ बाह्य पर्यटक कञ्चनजंघा हिमालको प्रवेशद्वार घुन्सा क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले बताए । रासस

कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन शुरु, पर्यटन व्यवसायी उत्साहित

चैत १३, ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन शुरु भएको छ । कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको विस्तारै आगमन शुरु भएको हो ।   कोभिड–१९ महामारी शुरु भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्रमा विस्तारै पर्यटकको आगमन हुन थालेको । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजंघा प्रवेशद्वार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए । पर्यटकको चहलपहल हुन थालेसँगै लामो समय बन्द भएको व्यवसाय सञ्चालनमा आउन थालेको शेर्पाले बताए ।  दुई ओटा पदर्मागबाट कञ्चनजङ्घा हिमालसम्म पर्यटक पुग्छन् । दक्षिण (रुट) पदर्माग पाँथचरको गणेश चोकदेखि याम्फुदिन हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । यस रुट हुँदै नर्वे र स्वीच देशका नागरिकका दुई समूह शुक्रबार कञ्चनजंघा क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए ।  उत्तर रुट पदर्माग ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि घुन्सा हुँदै आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । दक्षिणबाट बिहीवार १९ बाह्य पर्यटक कञ्चनजंघा हिमालको प्रवेशद्वार घुन्सा क्षेत्रमा प्रवेश गरको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले बताए ।  चालू आर्थिक वर्ष २०७८/७९ को हालसम्ममा करीब १५० पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका छन् । चालू आवको पहिलो सिजन (मौसम) मा कुल १४१ पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका परिषद् कार्यालयले जानकारी दिएको छ ।  दुई वर्षसम्म सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्र चालू आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित संख्यामा पर्यटकको आगमन भएको हो । यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिकमा अमेरिका, फ्रान्स, ताइवानलगायत देशबाट पर्यटक भ्रमणमा आएका जानकारी दिइएको छ । कोरोना महामारी शुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयको तथ्यांक छ । तथ्याकअनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आव २०७५/७६ मा ८०६ पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका छन् । रासस