कोभिड–१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल–भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ । यही साउनको पहिलो साता गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवसँगको भेटमा भारतसित जोडिएका नाकाबाट भारत प्रवेश गर्न तेस्रो मुलुकका […]
बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।
पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि दिउँसो ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द गरिएको थियोे । पूर्णरूपमा नाका सञ्चालन भएसँगै अब बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म आवागमन हुनेछ ।
झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै दसैँका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । नाकामा आंशिकरूपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकामा अब झन्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।
नाका पूर्णरूपमा सञ्चालन भएसँगै दसैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ । बैतडीका निङगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेवलगायतका मन्दिरमा दर्शनका लागि दसैँको समयमा भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।
झोलुङ्गे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो । झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । यहाँ लामो समयदेखि पक्की पुलको माग गरिँदै आएको छ । रासस
काठमाडौं, भदौ १५ । चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्न लागेको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावतलाई सहज बनाउन नाका खुला गर्न लागिएको हो । विसं २०७२ को महाभूकम्पयता तातोपानी नाका बन्द हुँदै […]
नेपाल र भारतको सीमानाका गौर–बैरगनिया खुला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो। कोरोनाको कहर बढेपछि २०७६ को चैतमा बन्द भएको सीमानाका १८ महिन...
झापा (काँकरभिट्टा) – नेपाल-भारतबीचका सीमा नाका खुल्ला गर्ने नेपाल सरकारको निर्णय भए पनि पूर्वी नाका काँकरभिट्टाबाट आवत-जावत अझै सहज भएको छैन। काँकरभिट्टा नाका हुँदै भारत जान र भारतबाट नेपाल आउनका लागि सवारी साधनको आवागमन अझै हुन नसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। भारतबाट नेपाल आउनका लागि कुनै पनि सवारी साधनलाई नेपाल आउन अनुमति दिइएको […]
वीरगञ्ज । डेढ वर्षपछि नेपाल–भारत सीमानाबाट निजी सवारीसाधनको आवागमन सुचारू भएपछि सीमावर्ती क्षेत्रका होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीयलाई आवागमन सहज भएको छ ।
यसअघि कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत ११ मा लगाइएको बन्दाबन्दीसँगै बन्द गरिएको भारतीय सीमानाका शुक्रवारबाट खोलिएको हो । नाका खुलेसँगै निजी सवारीको आवतजावतमा लगाइएको रोक हटेको छ ।
आर्थिक र सामाजिक दैनिकी सामान्य लयमा फर्किइसक्दा पनि सवारीसाधनमा रोक कायमै रहँदा असहज भएको थियो । यसबाट भारतीय ग्राहकलाई लक्षित गरेर खोलिएका सीमाक्षेत्रका होटेल र पर्यटन व्यवसाय बढी प्रभावित भएका थिए ।
सवारी आवागमन खुला भएसँगै राहत भएको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । मन्त्रिपरिषद्ले गत असोज ५ गते नै सीमानाका खोल्ने निर्णय गरे पनि प्रक्रियागत ढिलाइका कारण शुक्रवारदेखि सीमानाकाबाट यस्ता सवारीसाधन आउजाउ शुरू भएको हो ।
‘शनिवार वीरगञ्जमा भारतीय सवारीसाधनको आवागमन बाक्लिएको छ । होटेलका पार्किङमा पनि भारतीय नम्बरका साधन देखिएका छन्, अध्यक्ष पन्तले आर्थिक अभियानसित भने ।
सरकारले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी ओदश २०७८’ जारी गरेको छ । गृह र अर्थ मन्त्रालयले मातहतका स्थानीय निकायलाई नाका खोल्ने परिपत्र पठाउन ढिलाइ गरेपछि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
व्यवसायीले बारम्बार ताकेता बढाएपछि नाका खोल्ने पत्र स्थानीय प्रशासन र भन्सारमा आएको थियो । गृह र अर्थ मन्त्रालयबाट आवश्यक मापदण्ड पालना गरी भारतीय गाडी भित्रिन दिने पत्र पठाएपछि भारतीय यात्रुवाहक गाडीलाई प्रवेश अनुमति दिइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।
वीरगञ्जमा होटेल र पर्यटन व्यवसायीले नाकाबाट सवारी आवागमन खुलाउन पहल गर्दै आएका थिए । व्यवसायीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नाका खोल्न आग्रह गरेपछि मन्त्रिपरिषद्को निर्णय आएको थियो ।
मापदण्ड कार्यान्वयन गरेरै भए पनि सीमानाकाबाट निजी आवागमन खुला गरिएकाले अब सीमाक्षेत्रको होटेल र पर्यटन व्यवासायको पुनरुत्थान हुने दाबी वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको छ ।
अघिल्लो वर्ष विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न मुलुकभर चासो बढिरहेको बेला सबैभन्दा पहिले कञ्चनपुरमा बन्दाबन्दी भएको थियो । भारतबाट कोरोना कहरको त्रासदीबीच नेपाल स्वदेश फर्किरहेको बेला पश्चिमी नाकाहरु व्यवस्थापनका लागि चैत १० मै स्थानीय प्रशासनले लकडाउन गरेको थियो । विस्तारै अवस्था सहज हुन थालेपनि अहिले फेरि कोरोनाको त्रास बढ्न थालेको छ । गड्डाचौकी नाकामा आवागमन केही सहज भएपनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । नाका हुँदै नेपाल प्रवेश गरेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको खबर राजधानी दैनिकले छा...
नेपाली काँग्रेसले केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसमक्ष माग गरेको छ। काँग्रेसले आइतबार विज्ञप्तिमार्फत कोरोना कारण बन्द गरिए पनि अहिलेको अवस्था सहज भइसकेकाले तत्काल व्यापारिक नाका केरुङ खोल्नका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको हो।
काँग्रेसले विज्ञप्तिमार्फत चिनको वुहानबाट कोरोना भाइरसको सङ†क्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकामा प्रवेशमा कडाइ र आवागमन बन्दसमेत गरिनु तत्कालको परिस्थितिको बाध्यता भए पनि अब खुलाउने पहल गर्न सरकारसँग माग गरेको छ। &...
नेपाल सरकारले निर्णय गरेर नेपाल–भारत सिमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि रौतहटको एउटा पालिकाले बोर्डर खुलाउन महावाणिज्यदूतलाई गुहारेको छ। रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकाले हिन्दी भाषामा औ...