सीमा नाकाको आवागमन सहज बनाउन डिआइजी आचार्यको निर्देशन

कोरोना संक्रमणका कारण डेढ वर्षदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन उहाँले निर्देशन दिनुभयो ।

सम्बन्धित सामग्री

समय दोब्बर बित्यो, सकिएन व्यापारिक मार्ग विस्तार

वीरगञ्ज । दुई वर्षमा सक्ने लक्ष्य राखेर विस्तार थालिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग साढे ५ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । देशकै मुख्य नाका र औद्योगिक कोरिडोरलाई जोड्ने व्यापारिक मार्गको स्तरोन्नतिमा भइरहेको ढिलाइले उद्योग व्यापारदेखि समग्र आवागमन समस्याग्रस्त बनेको छ । वीरगञ्ज–पथलैयाको मितेरी पुलदेखि पथलैया र सुक्खा बन्दरगाह आईसीपी भएर हुने ढुवानी र आवतजावत सकसपूर्ण बनेको छ । शुरूमा ६ खण्डमा बाँडेर ठेक्का लगाएको व्यापारिक मार्ग विस्तार आयोजनाले पुल निर्माणलगायतका काम थपेर ठेक्कालाई १३ खण्डमा पुर्‍याइसकेको छ । कुनै पनि खण्ड निर्माण सम्पन्न भने भएको छैन । अहिलेसम्म १३ निर्माण कम्पनीमध्ये कुनैले पनि निर्माण सम्पन्नको प्रमाण नलिएको आयोजना कार्यालयले बताएको छ । ६ लेनको व्यापारिक मार्गको केही खण्ड कालोपत्र भएको पनि छ । निर्माण पूरा नहुँदै यो सडक भत्किन थालिसकेको छ । सडकमा गुड्ने ढुवानीका साधनले भारवहन मापदण्ड पालना नगर्दा सडक भत्किएको निर्माण व्यवसायी र आयोजनाको भनाइ छ । व्यापारिक मार्ग स्तरोन्नति भएपछि औद्योगिक कच्चा पदार्थ र तयारी मालबस्तुको ढुवानी सहज हुने अपेक्षा राखिएकोमा दोब्बर समय बितिसक्दा पनि पूरा नहुँदा समस्या भएको वीरगञ्ज उद्योग वाणिज्य संघ उद्योग समितिका संयोजक हरि गौतम बताउँछन् । ठाउँठाउँमा मुख्य लेन निर्माण गरिए पनि सर्भिस लेन, ग्रिन बेल्ट, रङरोगनको काम भएको छैन । सरकारले कोरोना महामारीलाई कारण देखाएर सम्पूर्ण योजनाको म्याद ६ महीना थपेको छ । यस आधारमा यो मार्ग विस्तारको जिम्मा लिएका ठेकेदारहरुले आगामी फागुन चैतसम्म समय पाएका छन् । थपिएको समयसीमाभित्र सडक विस्तारको काम पूरा हुने विश्वास आयोजनाका प्रमुख मनीषकुमार साहको छ । सडक निर्माणमा भइरहेको ढिलाइका कारण ढुवानी र  आवागमन सकसपूर्ण भएको भन्दै बारा र पर्सा जिल्लाका प्रशासन प्रमुखले सरोकारका पक्षलाई बोलाएर छलफल राखेका थिए । मंगलवार वीरगञ्जमा भएको छmलफलका क्रमममा बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूले आउँदो फागुनसम्म काम सक्न निर्माण आयोजना र निर्माण व्यावसायीलाई निर्देशन दिएका छन् । पछिल्लो पटक थपिएको समयभित्र काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । यो मार्गको स्तरोन्नतिको काम २०७३ असारमा थालिएको थियो । शुरूमै ठेक्का लिएका व्यवसायीले पनि अहिलेसम्म काम पूरा गरेका छैनन् । पेश भएको बीलको भुक्तानी समयमा नपाउनु, मुआब्जाको विवाद, निर्माण सामग्री आपूर्तिमा अवरोध, राइटअफ वेका समस्यालगायतले ढिलाइ भएको तर्क निर्माण व्यवसायीले गरे । यसअघि २ लेनको त्रिभुवन राजपथ र आईसीपीदेखि परवानीपुरसम्मको सडक ५० मिटर फराकिलो बनाइने योजना छ । व्यापारिक मार्गको बीचबाट ११/११ मिटर दाँयाबाँया ६ लेनको मुख्य सडक निर्माणको काम भइरहेको छ । दुवैतर्फ साढे ३ मिटरको ग्रीन बेल्ट र साढे ५ मिटरमा दुईतर्फी सर्भिस लेन बनाइने आयोजनाको भनाइ छ । सर्भिस लेनपछाडि दुवै किनारमा साढे ३ मिटरमा नाली र फुटपाथ निर्माण भइरहेको छ । परवानीपुरदेखि गण्डकसम्मको सडकलाई भने ४ लेन बनाउने गरी काम भइरहेको आयोजनाले बताएको छ । व्यापारिक मार्गलाई जतिसक्दो चाँडो पूरा गरिनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका गौतम बताउँछन् । व्यापारिक मार्ग निर्माणमा ढिलाइले यो क्षेत्रको सम्भाव्यता उपयोगमा कठिनाइ भइरहेको गौतमको भनाइ छ ।

सुदूरपहाडमा दैनिक हवाई उडान, नागरिकमा छायो खुशीयाली

विमल विष्ट, डोटी । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा दैनिक रूपमा हवाई सेवा शुरू गरेपछि त्यहाँका नागरिकलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा हालै गएको बाढी पहिराले विभिन्न जिल्लामा आवागमन समेत बिच्छेद भएकाले जहाज चलाएर नागरिकलाई सेवाप्रदान गर्न निर्देशन दिएसँगै अहिले त्यहाँ नियमित रूपमा जहाज सञ्चालन भइरहेको […]

सिडिओको निर्देशनपछि पुरियो निकोशेराको खाल्डाखुल्डी

भक्तपुर : प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ। भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर चाडपर्वमा सवारी आवागमन सहज बनाउन आइतबार प्रजिअ रुद्रादेवी शर्माले सडकसँग सम्बन्धित कार्यालयका प्रमुखहरुको बैठक गरी निर्देशन दिएकी थिइन्। अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको पेप्सीकोला, पुरानो थिमि, निकोशेरा, सल्लाघारी सडकको निकोशेरा खण्डमा ठूल–ठूला खाल्डाखुल्डीले सवारी आ

पश्चिमी सीमानाकामा एसएसबीको अवरोध कायमै, आवागमन प्रभावित

रुपन्देही । लामो समयदेखि भारतीय सीमानाकाबाट यात्रुवाहक सवारीसाधन आवजावत रोकिएको थियो । सरकारले शुक्रबारबाट सीमानाका सहज हुने पनि बताएको थियो । तर भारतीय एसएसबीको अवरोधका कारण सवारीसाधन नेपाल आउन सकेका छैनन् । सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल एसएसबीलाई सीमा खोल्नेबारे भारत सरकारबाट कुनै निर्देशन वा परिपत्र नआएकोले सीमामा निजी सवारी आवगमन रोकिएकोे नेपाली सुरक्षा […]

सीमा नाका बन्द भए पनि सीमापारी गएर खरिदारी गर्ने क्रम फेरि बढ्यो

कोभिड महामारीका कारण गत चैत ११ गतेपछि बन्द भएको यहाँस्थित नेपाल भारत जमुनाहा सीमा नाका अझैँ पनि औपचारिक रुपमा खुलेको छैन । औपचारिक रुपमा सीमाना बन्द रहेपनि आवश्यक काम पर्नेहरुलाई मात्र दुबैतर्फ आवागमन गर्न दिइएकोमा नेपाली उपभोक्ताहरुले फेरि सीमापारी गएर ठुलो परिमाणमा मालसामान खरिद गरेर ल्याउन थालेको पाइएको छ । नेपाली उपभोक्ताले आवश्यक कामको बहानामा सीमापारी रुपैडिहा बजार जाने र ठूलो परिमाणमा मालसामान किनेर भन्सार राजस्व नतिरी नेपालगञ्ज भित्र्याउने कार्य भैरहेको पाइएको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सीमाना बन्द रहेकै अवस्थामा यसरी सीमापारी गएर खरिदारी गरेको सामानलाई राजस्व नतिरेर ल्याउनुले नेपालगञ्जको व्यवसायमा असर पारेको बताउनुभयो । उहाँले केही समय पहिलेसम्म सीमानामा कडाईं भएका कारण मानिसहरुले आवागमन गरे पनि सामान ल्याउन नदिएको तर हाल आएर ठूलो संख्यामा मानिसहरु पनि पारी गैरहेको र उनीहरुले घरायसी प्रयोगका धेरै मालसामान राजस्व नतिरेर ल्याउने गरेको बताउनुभयो । अहिले फेरि दैनिक तीनदेखि ५ हजारसम्म नेपाली उपभोक्ता सामान खरिदका लागि सीमापारी रुपैडिहा जाने गरेको पाईएको संघले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले कुनै पनि सामान भन्सार नतिरेर ल्याउन नपाउने भनेर कडा निर्देशन दिए पनि सो निर्देशनको समेत पालना नभएको पाईएको नेपालगञ्जका व्यवसायीहरुको गुनोसो छ । उता, माघ १ गतेदेखि सीमानालाई धेरै हदसम्म खुकुलो पारिएको र सर्वसाधारणलाई सहज रुपमा आउन जान दिईएको जमुनाह प्रहरी कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई विष्णु गिरीले अहिले आएर नेपालतर्फबाट पनि सिमाना केही खुकुलो गरिएको हुँदा आवागमन बढेको बताउनुभयो । अहिले किनमेलकै लागि भनेर सीमापारी जान छुट नदिए पनि सीमापारी जानेले किनमेल समेत गरेको हुनसक्ने उहाँले बताउनुभयो । औपचारिक रुपमा सीमाना बन्द रहेपनि अहिले भारत आउजाउ गर्न कुनै समस्या नभएको स्थानीय बासिन्दाले बताएका छन् । भारत जान र सामान लिएर आउन अहिले कुनै रोकटोक नभएको नेपालगञ्ज उपमहानगरपालिका–११ का गयास सिद्दिकीले बताउनुभयो । यसरी नेपाली उपभोक्ताले फेरी सीमापारीको रुपैडिहा बजार भरिन थालेपछि त्यहाँ व्यापार व्यवसाय ह्वात्तै बढेको व्यवसायीले बताएका छन् । रुपैडिहाका व्यवसायी सञ्जय मित्तलले ८ महिना जति शुन्य व्यवसाय रहेको रुपैडिहामा अहिले पहिलेकै जस्तै व्यापार व्यवसाय हुन थालेको बताउनुभयो ।