धमलालाई निमित्त सदस्य–सचिवकाे जिम्मेवारी

काठमाडाैं (हाम्राे खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाले राखेपको निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका छन् । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको युएइ राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा हुने एसिया रग्बी कार्यकारी समिति र जिम्मेवारी दिइएको होइमिरेट्स दुबइ रग्बी सेभेन्सको बैठकमा सहभागी हुन दुबइ प्रस्थान गरेपछि उनलाई […]

सम्बन्धित सामग्री

सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी गुरुङलाई

काठमाडौँ- नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन् । हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेका हुन् । उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ ।

स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारमा लीलानाथ भण्डारी

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी लिलानाथ भण्डारीलाई दिइएको छ।

नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेर सोहीअनुसार समिति बनाइएपछि उनी स्वतः निलम्बनमा परेका हुन् । सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन भइसकेको छ । राष्ट्र बैंकका एकजना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्ब

आयल निगमको निमित्त प्रमुखमा सुशील भट्टराई

नेपाल आयल निगमको निम्ति प्रमुखको जिम्मेवारी इन्जिनियर सुशील भट्टराईले पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार इन्जिनियर भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्रालयले निगमको प्रमुख कार्यकारी निर्देशकको नियुक्त नहुँदासम्मका लागि भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।यसअघिका निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल आफ्नो कार्यकाल पूरा गरि गत पुस २३ गते विदा भएका छन् । पौडेलको कार्यकाल सकिएसँगै अहिले निगमको उक्त पद रिक्त छ । हालका निगम

आयल निगमको निमित्त कार्यकारी निर्देशकमा भट्टराईलाई जिम्मेवारी

काठमाडाैँ– नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशील भट्टराईले पाएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अघिल्लो साता कार्यकाल पूरा गरेर बिदा भएपछि नेतृत्वविहीन भएको निगममा केही समयका लागि भट्टराईले निमित्तको जिम्मेवारी पाएका हुन्।

कर्जा सुरक्षण कोषमा बदमासी : निमित्त सीईओ उषा पौडेलको जिम्मेवारी पनि कानुनविपरीत

निक्षेप तथा कर्जा सुरक्षण कोषकी निमित्त कार्यकारी प्रमुख उषा पौडेल गौतमले कोष ऐन, २०७३ विपरीत जिम्मेवारी लिएको खुलेको छ । पूर्व कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रले कोष ऐन, २०७३ को दफा ४९ को उपदफा ५ विपरीत पौडेललाई गत असोज २५ गते निमित्त सीईओको जिम्मेवारी दिएका थिए । मिश्रको कार्यकाल असोज २६ गते सकिएको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ४९ (५) मा लेखिएको छ, ‘प्रमुख कार्यकारी अधिकृतको नियुक्ति नभएसम्म बढीमा ६ महिनाको लागि कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा

नागरिक उड्ययन प्राधिकरणमा निमित्त महानिर्देशकको जिम्मेवारी क्षेत्रीलाई

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । निवर्तमान महानिर्देशक राजन पोखरेलले गत मंगलबार साँझ पदबाट राजीनामा दिएसँगै रिक्त रहन गएको पदमा क्षेत्रीले स्वतः निमित्त महानिर्देशक जिम्मेवारी पाएका हुन् ।नागरिक उड्ययन प्राधिकरण सञ्चालन तथा व्यवस्थापन ऐनले प्राधिकरणको वरिष्ठताका आधारमा वरिष्ठ कर्मचारीले नै स्वतः निमित्तको जिम्मेवारी पाउने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम क्षेत्रीले तत्काल क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी पाएक

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाण्डाै – हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बन्नुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको जनाएको छ । निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराक...

नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

काठमाडौं, भदौ १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत भदौ ८ गते राजीनामा दिएसँगै नेप्सेको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको […]

नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत भदौ ८ गते राजीनामा दिएसँगै नेप्सेको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।नियमित कार्य सुचारु राख्नका निम्ति नेप्सेका उच्च तहमा रहेका फुयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम