कर्जा सुरक्षण कोषमा बदमासी : निमित्त सीईओ उषा पौडेलको जिम्मेवारी पनि कानुनविपरीत

निक्षेप तथा कर्जा सुरक्षण कोषकी निमित्त कार्यकारी प्रमुख उषा पौडेल गौतमले कोष ऐन, २०७३ विपरीत जिम्मेवारी लिएको खुलेको छ । पूर्व कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रले कोष ऐन, २०७३ को दफा ४९ को उपदफा ५ विपरीत पौडेललाई गत असोज २५ गते निमित्त सीईओको जिम्मेवारी दिएका थिए । मिश्रको कार्यकाल असोज २६ गते सकिएको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ४९ (५) मा लेखिएको छ, ‘प्रमुख कार्यकारी अधिकृतको नियुक्ति नभएसम्म बढीमा ६ महिनाको लागि कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा