नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत भदौ ८ गते राजीनामा दिएसँगै नेप्सेको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।नियमित कार्य सुचारु राख्नका निम्ति नेप्सेका उच्च तहमा रहेका फुयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड र नेप्सेको प्रमुख बन्न करोडौको बार्गेनिङ, नाै भाईकाे चर्चा

सरकारले भिष्म ढुंगानालाई धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेसँगै बोर्ड अध्यक्ष र नेप्सेको महाप्रबन्धक पदको लागि बार्गेनिङ सुरु भएको छ। बोर्ड अध्यक्षको लागि ५ करोड र नेप्से महाप्रबन्धकको लागि ३ करोडको बार्गेनिङ चलेको स्रोतले जनाएको छ। देउवा नेतृत्त्वको गठबन्धन सरकारमा कुन पार्टीले कति र कुन मन्त्रालय पाउने टुंगो लागेकाले दिनमै अर्बको कारोबार हुने सेयर बजारका नियामकको रिक्त पदको लागि लबिङका साथै पैसाको बार्गेनिङ सुरु भएको स्रोतको भनाई छ। बिजपाटीलाई प्राप्त जानकारीअनुसार धितोपत्र बोर्डको अध्यक्षका लागि यस अगाडी नेप्सेका प्रमुख भईसकेका सिताराम थपलिया, सर्वोत्तम सेयर प्रकरणका लागि नेप्सेको महाप्रबन्धक पदबाट राजिनामा दिएका चन्द्र सिंह साउद, बीमा समितिका निवर्तमान अध्यक्ष चिरिन्जीवी चापागाई, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था 'आइक्यान' पूर्वअध्यक्ष कृष्ण आचार्यको नाम चर्चामा रहेको छ। त्यस्तै भिष्म ढुंगानाको बर्खास्तपछि बोर्डको दैनिक प्रशासनिक काम कारबाहीको लागि निमित्त जस्तै जिम्मेवारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरि, र बोर्डकै नायब कार्यकारी निर्देशक डा नवराज अधिकारीले पनि आफ्नो तहबाट लबिङ गरेको पाइएको छ।त्यस्तै चन्द्र सिंह साउदको राजिनामा पछि रिक्त नेप्सेको महाप्रबन्धक पदको लागि पनि धेरैले इच्छा देखाएका छन्। प्राप्त जानकारीअनुसार एनएलजी इन्स्योरेन्सका तत्कालिन सीईओ विजय शाह, नागरिक लगानी कोषका पुर्व अध्यक्ष ऋषिराज गौतमको नाम चर्चामा रहेको छ। त्यसो त सकेसम्म धितोपत्र बोर्ड अध्यक्ष बन्नलाई लबिङ गरिरहेका चन्द्र सिंह साउदले पनि पाएमा नेप्सेमा आफ्नो कार्यकाल दोहोर्याउन चाहेका छन्। त्यसो त नेप्सेको महाप्रबन्धक पदको लागि राष्ट्रिय समाचार समिति, रासस का महाप्रबन्धक समेत भईसकेका अर्थमन्त्री जनार्दन शर्माका भाई ओपेन्द्र शर्माको नाम पनि चर्चामा छ। तर अर्थमन्त्री जनार्दन शर्माले नातामा ज्वाईं पर्ने एक जना व्यक्तिलाई बिश्व बैंकमा नियुक्ति दिलाएको भन्दै विवादमा तानिएपछि नेप्सेको सीइओ रेसमा उपेन्द्र इच्छा नजनाएको स्रोतले जनाएको छ।गठबन्धन सरकार भएकाले अर्थमन्त्रीमा माओवादीको नेतृत्त्व रहेपनि कुनको शक्ति र कुरा कहाँ मिल्छ त्यहि व्यक्ति हुने सम्भावना बढी रहेको जानकार बताउँछन्। प्रधानमन्त्रीमा शेर बहादुर देउवा भएपनि उनको श्रीमतीले नियुक्ति सम्बन्धित सम्पूर्ण काम हेर्ने भएकाले धितोपत्र र नेप्सेको प्रमुखका लागि आरुजु देउवाको निर्णय चल्ने बताइन्छ।

नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

काठमाडौं, भदौ १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत भदौ ८ गते राजीनामा दिएसँगै नेप्सेको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको […]

नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

भदौ ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् ।  सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत भदौ ८ गते राजीनामा दिएसँगै नेप्सेको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । नियमित कार्य सुचारु राख्नका निम्ति नेप्सेका उच्च तहमा रहेका फुयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको नेप्सेले बताएको छ ।