काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो ।कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गर्नुभएको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ः ०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको