काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमणबाट क्षति न्यूनीकरण गर्नका लागि सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ । काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । खोप समन्वय समितिको निर्णयअनुसार वडाले त