स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कोही उम्मेदवार मनोनयन दर्ता गरेर प्रचारप्रसार जुटेका छन् भने कसैले जनतामाझ राख्नका लागि आफ्ना ठोस योजना तयार पारिरहेका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेका छन् भने प्रमुख प्रतिपक्षमा रहेको एमालेले पनि साना दल र राजनीतिक व्यक्ति तथा समूहसँग सकेसम्म गठबन्धन गरेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा तालमेल गरेर उम्मेदवार चुनावी मैदानमा उतारेको छ ।