ललितपुर - ललितपुर महानगरमापलिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यन्जनकार भन्दा ७ हजार ४७२ मतले अगाडि हुनुहुन्छ ।
ललितपुर महानगरको ३१ हजार १९ मत गनिसक्दा महर्जनले १६ हजार ४०९ मत पाउनु भएको छ ।
एमालेको व्यन्जनकारले ८ हजार ९३७ मत पाउनु भएको छ ।
उपमेयरमा भने एमालेकी मन्जली शाक्य ८ हजार ८४० मतसहित अगाडि हुनुहुन्छ ।
माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ६ हजार ५८३ मत पाउनु भएको छ ।