ललितपुरमा मेयर र उपमेयर छाड्दैनौंः चिरिबाबु महर्जन

काठमाडौं, ६ वैशाख । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाली काँग्रेसले कुनै हालतमा मेयर र उपमेयर नछाड्ने बताएका छन् । आज प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेट्न पुगेका महर्जनले मेयर उमपेयरसहित जितेका १० वडा आफूहरुले नछाड्ने बताए । ‘मेयर र उपमेयर हामीले जितेका छौं, कुनै हालतमा छाड्दैनौं,’ महर्जनले पत्रकारको प्रश्नमा भने,‘२९ वडामध्ये […]

सम्बन्धित सामग्री

अबको काम महानगरवासीमा समर्पित : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानरपालिकाको मेयरमा विजयी चिरिबाबु महर्जनले शपथ ग्रहण गर्नुभएको छ । बुधबार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले शपथ ग्रहण गर्दै अबको काम महानगरवासीमा समर्पित हुने बताउनुभयो । मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या समाधानका लागि आफु तत्पर रहने उहाँले बताउनुभयो । निर्वाचन अघिसम्म पार्टीका कुरा गरेपनि अब […]

ललितपुर महानगरमा चिरिबाबु महर्जन हरिकृष्ण व्यन्जनकार भन्दा ७ हजार ४७२ मतले अगाडि

ललितपुर - ललितपुर महानगरमापलिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यन्जनकार भन्दा ७ हजार ४७२ मतले अगाडि हुनुहुन्छ । ललितपुर महानगरको ३१ हजार १९ मत गनिसक्दा महर्जनले १६ हजार ४०९ मत पाउनु भएको छ । एमालेको व्यन्जनकारले ८ हजार ९३७ मत पाउनु भएको छ । उपमेयरमा भने एमालेकी मन्जली शाक्य ८ हजार ८४० मतसहित अगाडि हुनुहुन्छ । माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ६ हजार ५८३ मत पाउनु भएको छ ।

ललितपुर महानगरपालिकामा चिराबाबु दोब्बर बढी मतले अगाडि

ललितपुर महानगरपालिकामा अहिलेसम्म गणना भएको २१ हजार ४२६ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अग्रस्थानमा छन्।...

फराकिलो मतान्तरले विजयी हुन्छु : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुबैले आफू विजयी हुने दाबी गर्नुभएको छ । कांग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिनुभएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिनुभयो भने एमालेका मेयरका […]

अपडेट : ललितपुर महानगरमा चिरिबाबु महर्जन दोब्बर मतले अगाडि

काठमाडौं, १ जेठ । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म १४०० मत गणना भएको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले अगाडि देखिएका छन्। चिरिबाबुले ७ सय ६ मत ल्याएका छन्। महर्जन सत्ता गठबन्धनको साझा उम्मेद्धवार हुन् । उनी निवर्तमान मेयर पनि हुन् । नेकपा (एमाले) का हरिकृष्ण ब्यन्जनकारले ३ सय […]

ललितपुरमा २१९ मतसाथ चिरिबाबु अगाडि

काठमाडौँ- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरिबाबु महर्जन २१९ मतसाथ अगाडि छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका अष्टबहादुर महर्जनले १९ मत पाएका छन्।

सम्भावनै सम्भावना छ, उत्साहित छु : चिरिबाबु महर्जन

३० वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाका गठबन्धनका मेयर उम्मेदवार चिरिबाबु महर्जनले आफूले जित्ने सम्भावनै सम्भावना भएको बताएका छन् । महानगरको धोविघाटस्थित आइडिएल मोडेल स्कुलको केन्द्रबाट मतदान गरेपछि महजर्जनले मतदाता पनि उत्साहित भएर मतदानमा सहभागी भएको र आफू पनि उत्साहित भएको बताउँदै आफूले जित्ने बताएका हुन् । ‘मेरो सम्भावनै सम्भावना नै छ । अस्तिसम्म महानगरपालिकाको मेयरै […]

चिरिबाबु महर्जन सहितको टोली घरदैलो अभियानमा (तस्बिरहरू)

ललितपुर – स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरूले घरदैलो अभियानलाई तीव्रता दिन थालेका छन्। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ (पाँच दलीय) गठबन्धनको तर्फबाट टिकट पाएका ललितपुर महानगरपालिकाका मेयर पदका उम्मेदावार चिरिबाबु महर्जन सहितको टोली भाेट माग्न घरदैलो अभियानमा लागेका छन्। उनी सहितको टोली आज मंगलबार ललितपुरको खरिबोट, एकान्तकुना, नख्खुदोबाटो लगायतका ठाउँमा जनताकाे […]

कांग्रेसबाट ललितपुरको मेयरमा चिरिबाबु महर्जन

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार सिफारिस गर्ने भएको छ ।

गठबन्धनबाट ललितपुरमा चिरिबाबु महर्जन मेयरको उम्मेदवार

नेपाली काँग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले वर्तमान मेयर महर्जनलाई नै दोहोर्‍याउने निर्णय गरेको काँग्रेसका एक नेताले रातोपाटीलाई जानकारी दिए ।त्यस्तै काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ भने काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ ।