नवलपरासी । नवलपरासी पश्चिममा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चस्व कायम गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूह कमजोर देखिएको छ ।
नेपाली काँग्रेस शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनमा होमिएको छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि काँग्रेसभित्र रस्साकस्सी चर्किँदो छ ।हालसम्म शेरबहादुर देउवाले अर्को कार्यकालका लागि पुनः सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् भने देउवा पक्षकै उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै रामचन्द्र पौडेल समूह साझा उम्मेदवार तय गर्ने प्रयासमा छ ।महाधिवेशनमा विचार र एजेण्डामाथि छलफल
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार बिहान ११ः३० बजेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।
उक्त बैठकमा महाधिवेशनका समग्र विषयमा छलफल हुने बताइएको छ । काँग्रेस महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनका लागि सभापतिमा शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पौडेल समूह साझा उम्मेदवार तय गर्ने प्रयासमा छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । काँग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेक
नेपाली काँग्रेस नुवाकोटको प्रदेश क्षेत्रको अधिवेशनमा केसी समूह पराजित भएको छ । केन्द्रमा देउवा समूह र पौडेल समूह भएपनि नुवाकोटमा केसी (अर्जुननरसिंह केसी) र महत (रामशरण महत–प्रकाशशरण महत) समूह रहेकोमा अधिवेशनमा महत समूहले बाजी मारेको हो । मतपरिणाम अनुसार नुवाकोट निर्वाचन क्षेत्र नं ‘१’ को प्रदेश सभा (क) को निर्वाचनमा केसी समूह पराजित भएको छ । अर्जुननरसिंह केसीका स्वकिय सचिव सरोज केसीलाई हराउँदै सुशील खड्का विजयी भएका हुन् । त्यस्तै प्रदेश सभा (ख) मा पनि केसी समू
नेपाली काँग्रेस नुवाकोटमा जिल्ला अधिवेशनको रौनक बढेको छ । वर्तमान सभापति जगदीश्वरनरसिंह केसी जिल्ला राजनीतिबाट रिङआउट भएपछि नुवाकोट काँग्रेसमा नयाँ नेतृत्व आउने भएको हो । काँग्रेस विधानमा लगातार दुई कार्यकाल जिल्ला सभापति हुन नपाउने व्यवस्थाका कारण उनी जिल्ला राजनीतिबाट रिङआउट भएका हुन् । केसीको विकल्पमा जिल्ला सभापतिका लागि तीन जना दाबेदार देखिएका छन् ।नुवाकोटमा केन्द्रमा जस्तो शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह छैन । काँग्रेसका पूर्वसहहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा. रामशर
सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपनि नेपाली काँग्रेसमा भने विवाद देखिएको छ । काँग्रेस मन्त्रालयको भागबण्डामा असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रीको नाम दिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय ७ जना नेतालाई सरकारमा सहभागी गराउन खोजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह २ मन्त्रालय स्वीकार नगर्ने अडानमा छ ।बुधबार बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेको थियो । तर, प्रधानमन्त्री देउवाले २ भन्दा ब
वडा अधिवेशन सकिएर क्षेत्रीय प्रतिनिधि आएपछि नेपाली काँग्रेस पश्चिम नवलपरासीमा अधिवेशनको सरगर्मी बढेको छ । योसँगै जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह क्षेत्रीय प्रतिनिधिको हिसाब–किताबमा जुटेका छन् ।देउवा समूहबाट केन्द्रीय सदस्य देवेन्द्र कँडेल र पौडेल समूहबाट संविधान सभा सदस्य विक्रम खनालले आन्तरिक रणनीति बुनिरहेका छन्। भदौ १८ भएको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिको क्याल्कुलेशन भइरहेको छ । यसपटक पश्चिम नवलपरासीमा केन्द्रीय सभापति देउवा
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला स्थगित गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक बुधबारलाई बोलाइएपछि सोही दिन राखिएको भेला स्थगित गरिएको हो ।
काँग्रेसले फागुन ७–१० सम्म केन्द्रीय महाधिवेशन गर्ने पूर्वनिर्धारित मिति आइसक्दा पनि अर्को तालिका तोक्न नसकिरहेका बेला पौडेल पक्षले नेतृत्वलाई दबाब दिने रणनीति अनुसार भेला बोलाएको थियो ।
अब आफूहरुको सरोकार केन्द्रीय समितिमा राखिने र त्यहाँ सुनुवाइ नभए फेरि भेला बोलाइने पौडेल पक्षीय जिल्ला सभापति मधु आचार्यले बताए । कान्तिपुरमा खब...