नेपाली काँग्रेस शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनमा होमिएको छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि काँग्रेसभित्र रस्साकस्सी चर्किँदो छ ।हालसम्म शेरबहादुर देउवाले अर्को कार्यकालका लागि पुनः सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् भने देउवा पक्षकै उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै रामचन्द्र पौडेल समूह साझा उम्मेदवार तय गर्ने प्रयासमा छ ।महाधिवेशनमा विचार र एजेण्डामाथि छलफल