राष्ट्रियसभा सदस्य पदमा हुन लागेको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।एमालेबाट महिलातर्फ कैलालीका सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।सुदूरपश्चिम प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको तीन सिटमा सत्तारुढ गठबन्धनब