राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा ३ सीटका लागि ८ जनाको उम्मेदवारी परेको छ ।
मंगलवार भएको मनोनयन दर्तामा ८ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरुङको कार्यकाल फागुनमा सकिन लागेकाले चुनाव हुँदैछ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेले अन्यतर्फ मोरङका गुरु बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अपाङ्गता/अल्पसंख्यकतर्फ सोलुखुम्बुकी सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ भने गठबन्धनले नेपाली कांग्रे...