बुटवल : राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
एमालेको तर्फबाट दलित, महिला र अन्य गरि तीन पदमा मनोनयन दर्ता गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। दलित तर्फ गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनाल र दाङका रामदयाल गुप्ताले मनोनयन दर्ता गराएका हुन्।…