पोखरा : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट ६ जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेशबाट तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको हो। जसमध्ये तीन नेकपा एमालेका, दुई नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) र नेपाली कांग्रेसबाट एकजनाको छन्।
निर्वाचनका लागि एमाले उम्मेदवारहरुले बिहानै मनोनयन दर्ता गराएका थिए। स्याङ्जाका अर्जुनकुमार सुनाम,…