बर्डफ्लु भित्रिने आशंकामा निगरानी र सतर्कता बढाएको बाँकेको सशस्त्र प्रहरी बल बढैया बिओपीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको ११ सय केजी बोइलर कुखुराको (बोनलेस) मासु बरामद गरेको छ । सशस्त्र प्रहरी बलको बढैया बिओपी बाँकेबाट खटिएको पेट्रोल टोलिले बाँके खजुरा गाउँपालिका वडा नम्बर २ के गाउँमा भारतबाट ल्याउदै गरेको अबैध बोइलर कुखुराको मासु ( बोनलेस) ११ सये केजि बरामद गरेको हो ।
उक्त मासुको मूल्य करिब ४ लाख ४० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बढैया बिओपीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठका अनुसार भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको उक्त बोनलेस मासु लोड गरिएको गाडी समेत नियन्त्रणमा लिइएको छ ।
प्रहरी निरीक्षक श्रेष्ठले अनुसार उक्त मासु र गाडी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बाँकेमा पठाइएको बताउनुभयो ।उहाँले पछिल्लो समयमा आएर भारतबाट कुखुरा र कुखुराको मासु ठुलो परिमाणमा अवैध रुपमा नेपाल भित्रिरहेको जानकारी आएकोले प्रहरीले सीमानामा निकै कडाई गरेको बताउनुभयो ।