सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले अदालतबाट भएका फैसला कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । फैसला कार्यान्वयन भएमा मात्रै वास्तविक न्याय प्रदान गरिएको हुने उनको भनाइ थियो । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा संसदीय सुनुवाइ क्रममा अनुभव र कार्ययोजना प्रस्तुतिका क्रममा ढकालले फैसला कार्यान्वयन गराउन न्यायालय संघर्षरत रहेको बताए ।