प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन सुनुवाई समितिको आह्वान

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।  सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषदबाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने बताए

सम्बन्धित सामग्री

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाई प्रक्रिया सुरू

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको सुझाव : नेपालमा पनि न्यायिक आयोग चाहियो

काठमाडौं : सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठले न्याय क्षेत्रलाई व्यवस्थित र न्यायिक सुशासन कायम गर्न न्यायिक आयोग आवश्यक रहेको बताएका छन्।  न्यायपालिकाले जनआस्था हासिल गर्न नसकेको औंल्याउँदै उनले मुद्दाको फैसला र कार्यान्वयनमा जोड दिए। संसदीय सुनुवाई विशेष समितिको बैठकमा उनले जनआस्था अभिवृद्धिलाई जोड दिए पनि मुद्दा फैसला, फैसला कार्यान्वयन लगायतमा कमजोरी…

सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश श्रेष्ठको नाम आज अनुमोदन गर्ने

काठमाडौं । संघीय संसदकाे संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम आज (मंगलबार) अनुमोदन गर्दैछ । समितिले आह्वान गरेको समयसीमाभित्र कुनैपनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनुवाई समितिको मंगलबारको बैठकले अनुमोदन गर्न लागेको हो । समितिको बैठकमा आमन्त्रण गरेर स्वतः अनुमोदन भएको निर्णय सभापति लक्ष्मणलाल कर्णले सुनाउने कार्यक्रम तय भएको छ । संसदीय […]

संसदीय सुनुवाईमा सिफारिसमा परेका न्यायाधीशहरुलाई 'सेटिङ' बारे प्रश्नैप्रश्न

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाई भइरहेको छ। सुनुवाईका क्रमा प्रस्तावित न्यायाधीश डा कुमार चुडाललाई सांसदहरुले न्यायालयमा हुने 'सेटिङ' बारे प्रश्न सोधेका छन्। सांसदहरुले न्यायालयले अनावश्यक सक्रियता बढाएको  र दल तथा संसदको अधिकार मिचिरहेको भन्दै प्रश्न गरेका थिए त्यससक्रममा चुडालले अदालतमाथि प्रश्न‌…

सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशलाई प्रश्न : बेन्च सेटिङ हुन्छ कि हुँदैन ?

३ वैशाख, काठमाडौं । सांसदहरुले अदालतमा इजलास तोक्ने क्रममा सेटिङ हुने गरेको भन्दै प्रस्तावित न्यायाधीशसँग सुधारको योजना माग गरेका छन् । शुक्रबार संसदको संसदीय सुनुवाई समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालको सुनुवाइका क्रममा सांसदहरुले अदालतको इजलास गठन गर्ने क्रममा सेटिङ (बेन्च सेटिङ) हुन्छ कि हुँदैन भनी प्रश्न गरे । सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश चुडालले आफ्नो कार्ययोजना […]

न्यायाधीश पदमा प्रस्तावित सुवेदी र चुडालमाथि संसदीय सुनुवाई शुरु

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाई शुरु गरेको छ । संसदको संसदीय सुनुवाई समितिले न्यायपरिषदद्वारा  प्रस्तावित दुवै जनालाई बोलाई सुनुवाइका लागि छलफल शुरु गरेको हो ।यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडाल विरुद्ध दुईवटा र नहकुल सुवेदी विरुद्ध पाँचवटा उजुरी परेको थियो ।