सर्वोच्चका प्रस्तावित न्यायाधीश तीलप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ।समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ–छैन भनेर १० चैतिभत्र उजुरी दिन भनेको हो।उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई न्यायापरिषद्को गत फागुन अन्तिम साताको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।उजुरीपछि समितिको बैठकमा सुनुवाइ हुनेछ।