बाँके,पुस १८ । बाँके राप्ती सोनारीस्थित सिद्धेश्वर मावि कक्षा ६ मा अध्ययनरत छात्रा अनिता विक (नाम परिवर्तन) ले विद्यालयमा पाक्ने ‘दिवा खाजा’ खाँदिनन्। ‘मिठो हुन्न अनि खान छाडें,’ उनले भनिन्। यो शैक्षिक सत्रमा कक्षा ६ मा भर्ना भएयता उनले खाजा खाएकी छैनन्। विद्यालयले पेस गर्ने खर्च विवरणमा उनीसहितले खाजा खाएको हिसाबकिताब भने समेटिन्छ। उनको कक्षामा […]