सरकारले विद्यालयमा दिवा खाजा व्यवस्था गर्न बर्सेनि ठूलो स्रोत÷साधन खर्च गर्दै आएको छ । स्थानीय तहहरूले पनि आफ्ना साधन/स्रोत खाजाका लागि खर्च गर्दै आए पनि केही सामुदायिक विद्यालयमा दिवा खाजा गुणस्तरहीन भएको र अर्धकाँचो खानेकुरा बालबालिकालाई खुवाउने गरिएको गुनासो बढेको छ । विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त …