विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रम अन्तर्गतको रकम निकासा

जनकपुर । प्रदेश २ का केही स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थीका लागि सञ्चालित दिवा खाजा कार्यक्रममा अनियमितता गरेको पुष्टि भएको छ ।  कोरोना संक्रमणको कारण ०७६ चैत ११ बाट ‘लकडाउन’ले गर्दा विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई दिवा खाजा कार्यक्रमअन्तर्गतको रकम निकासा गरेको देखिएको छ । दिवा खाजा अनियमिततामा संलग्नमध्ये अन्य प्रदेशको तुलनामा प्रदेश २ कै स्थानीय तह धेरै छन् ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवे

सम्बन्धित सामग्री

‘दिवा खाजा कार्यक्रम’ ले विद्यालय आउने विद्यार्थी बढे

झापा- सरकारले सुरु गरेको ‘दिवा खाजा कार्यक्रम’ का कारण झापाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढेको छ । हरेक दिन फरक फरक खाजा खान पाउने भएपछि झापाका सामुदायिक विद्यालयमा विद्यार्थीहरू नियमित आउन थालेका छन् । विद्यालयको पहुँच बाहिर रहेका र बीचमै कक्षा छाडेर जाने विद्यार्थी पनि ‘दिवा खाजा कार्यक्रम’ का कारण पुनः विद्यालयमा फर्कने क्रम बढ्दै […]

दिवा खाजा प्रभावकारी

सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ ।

विद्यालय दिवा खाजा कार्यक्रम ६ कक्षासम्म विस्तार

१५ जेठ, काठमाडौं । विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार क्रमशः ८ कक्षासम्म यो कार्यक्रम लैजाने योजना अनुसार आगामी आवमा कक्षा ६ सम्म विस्तार गरिएको हो । स्थानीय तहको उत्पादनलाई प्राथमिकता दिइने अर्थमन्त्रीले उल्लेख गरे ।

विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार हुने

१० जेठ, काठमाडौं । सरकारले विद्यालय दिवा खाजा कार्यक्रम अब कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि यस्तो नीति कार्यान्वयनमा आउने भएको छ । अहिले कक्षा ५ सम्म मात्र विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । सरकारले आगामी वर्ष अधिकतम स्कुलमा न्यूनतम पूर्वाधार निर्माणको काम सक्ने समेत बताएको छ । विद्यार्थी […]

विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।...

देवकोटा आधारभूत विद्यालयमा दिवा खाजाको रकम हिनामिना

संखुवासभा- संखुवासभाको पाँचखपन नगरपालिका-३ माक्सुवास्थित देवकोटा आधारभूत विद्यालयमा विद्यार्थीको दिवा खाजाको रकममा अनियमितता देखिएको छ । कक्षा ५ सम्मका ९५ जना विद्यार्थीलाई खुवाउँदै आएको दिवा खाजा कार्यक्रमबापतको रकममा अनियमितता देखिएको हो । विद्यालयमा गत वर्ष १६ मंसिर ०७७ देखि दिवा खाजा कार्यक्रम सुरु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर वैद्यका अनुसार दिवा खाजाको […]

विद्यालय बन्द भएको बेला समेत दिवा खाजाको २० करोड निकासा

प्रदेश २ मा रहेको कतिपय विद्यालयले कोभिड संकटमा विद्यालय बन्द रहेको अवस्थामा समेत दिवा खाजा कार्यक्रम अन्र्तगत नगद वितरण गरेको पाईएको छ ।धनुषा, रौतहट, सलाही जिल्लाका कतिपय स्थानीय तहले बिद्यालय बन्द रहेको बेला समेत २० करोड रुपैया भन्दा बढी निकासा गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।गत वर्षको चैतमा विद्यालय बन्द भएको अवस्थामा समेत कोभिडको […]

सामुदायिक विद्यालयमा दिवा खाजा

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी घोषणा गरिएको दिवा खाजा कार्यक्रम विद्यालयहरूमा सुरु गरिएको छ । कोरोना भाइरस न्यून हुँदै भौतिक रूपमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यालयमा दिवा खाजा सुरु गरिएको हो । योसँगै अब सामुदायिक विद्यालयमा अध्ययनरत देशभरका विद्यार्थीले विद्यालयमा खाजा खाँदै पठनपाठन अगाडि बढाउन पाउने भएका छन् ।

विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजा

माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८९२ विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गरिएको हो । नगरपालिकाले एक विद्यार्थीलाई दैनिक रु १५ का दरले विद्यालयमा बजेट पठाएर दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विपन्न परिवारका विद्यार्थीले बीचमा विद्यालय छाड्ने क्रम बढेसँगै यो कार्यक्रम लागू गरिएको हो ।” विद्यालयमा विद्यार्थीहरुबीच एकरूपता ल्याउनका लागि सबै विद्यार्थीलाई कार्यक्रममा समावेश गरिएको हो । विद्यालयलाई विद्यार्थीका लागि हप्तामा छ दिन फरक–फरक किसिमका खाजा खुवाउन नगरपालिकाले परिपत्रसमेत

दिवा खाजा कार्यक्रमले विद्यार्थी र अभिभावक खुशी

झोलाभरि किताबकापी बोकेर शान्ति माध्यमिक विद्यालय पुग्ने जैमिनी नगरपालिका–१ कुश्मीशेराकी खुस्बु परियारलाई सधैं खाजाको चिन्ता हुन्थ्यो । बजारमा पाइने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने । घरको खाजा विद्यालयमा लैजाँदा साथीले गिज्याउँथे । अहिले खुस्बु निकै खुशी छन् । न त उनलाई विद्यालयमा खाने खाजाको चिन्ता छ, न त साथीभाईको भन्दा फरक खाजा हुन्छ की भन्ने चिन्ता । उनी र उनका साथीले विद्यालयमा एकैखालका खाजा खान्छन् ।           सो विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम केही साता पहिलेदेखि सञ्चालनमा आएको हो । विद्यालयमै खाजा पाउने भएपछि खुस्बु मात्रै होइन, सो विद्यालयका बालविकास कक्षामा अध्ययनरत सबै विद्यार्थी खुशी भएका छन् । जैमिनी नगरपालिकाका सबै सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू भएसँगै कक्षामा नियमित उपस्थित हुने र शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुचि समेत बढ्दै गएको छ ।           नेपाल सरकारले चालु आर्थिक वर्षको शुरुदेखि नै बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम सञ्चालन गर्ने भनिएपनि कोभिड–१९ का कारण सो कार्यक्रम अहिलेसम्म सञ्चालनमा आएको थिएन् । केही साताअघि देखि नै यो कार्यक्रम सञ्चालनमा आएपछि विद्यार्थी तथा अभिभावकमा नयाँ उत्साह छाएको शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर जिसीले बताउनुभयो । “बहाना बनाएर विद्यालय नआउने विद्यार्थी पनि खाजा पाएपछि हौसिएर विद्यालय आउँछन्”, उहाँले भन्नुभयो, “खाजामा एकरुपता र विद्यार्थीलाई विद्यालय ल्याउने कडी बन्ने भो खाजा कार्यक्रम ।”           बागलुङका तीन पालिकाले सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू गरेका छन् । काठेखोला र बडिगाड गाउँपालिका तथा जैमिनी नगरपालिकाले सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रमको व्यवस्थापन गरेका हुन् । नेपाल सरकारले सशर्त अनुदानतर्फ बजेट विनियोजन गरेकाले पालिकाहरुले यो कार्यक्रम कार्यान्वयनमा ल्याएका हुन् ।