आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा उपनिर्वाचन हुँदैछ । आम निर्वाचनको चार महिना नबित्दै हुन लागेको उपनिर्वाचनमा पुराना राजनीतिक दलहरूलाई नवोदित दलका उम्मेदवारहरूले चुनौती दिएपछि दलका शीर्ष नेताहरु नै ती निर्वाचन क्षेत्रहरुमा मैदानमा खटिएका छन् ।