लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिनुहुने भएको छ । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थाल्नुभएको हो । बिहीबार नियुक्त हुनुभएका मुख्यमन्त्री चौधरीले शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथपश्चात राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार विश्वासको मत लिने …