नेकपा एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेकै बेला लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी सभ