लुम्बिनी प्रदेश : एमाले भन्छ– मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी छैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेको भएपनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्यसबारे आफूलाई जानकारी नभएको जनाएको छ । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताए ।उनले प्रदेशसभाको निर्धारित बैठकमा आफूहरुले आफ्ना मागलाई प्रस्टसँग राखेको र माग पूरा नभए सदन चल्न नदिने अडान कायम रहेको पनि उल्लेख गरे । तर सोमबार बस्ने तेस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वसको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए । साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले र कांग्रेसका ५६ जना प्रदेश […]

लुम्बिनी प्रदेश सरकारमा राप्रपा तटस्थ

काठमाडौं,१९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश सरकारमा तटस्थ बसेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्वन्धिको प्रस्तावमा राप्रपाले पक्ष , विपक्ष कतैपनि मत नदिएर तटस्थ बसेको हो । यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागी राप्रपाका लुम्बिनी प्रदेश सभामा ४ सांसद् रहेका छन् । राप्रपाले केन्द्रको निर्देशन बमोजिम प्रदेशसभामा तटस्थ बसेको […]

सभामुखले निर्लज्जता प्रस्तुत गरेः एमाले

बुटवल– नेकपा एमालेले प्रतिपक्षी दललाई वेवास्ता गरेर लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालन गरेर सभामुखले निर्लज्जता प्रस्तुत गरेको आरोप लगाएको छ। सोमबार मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिएपछि एमालेले सभामुखले पदको गरिमा र पदीय मर्यादा नांगिएको प्रतिक्रिया दिएको हो। केसीले विश्वासको मत लिँदा प्रदेश सभा बहिस्कार गरेको एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबारको प्रदेश सभामा नाटक […]

लुम्बिनीको एमालेले प्रदेश सरकारलाई मान्यता नदिने

लुम्बिनी प्रदेश सरकारलाई एमालेले मान्यता दिन नसक्ने स्पष्ट पारेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने बेलामा प्रमुख प्रतिपक्ष एमाले प्रदेश सभा बैठक नै छोडेर बाहिरिएको थियो ।

लुम्बिनीको एमालेले प्रदेश सरकारलाई मान्यता नदिने

लुम्बिनी प्रदेश सरकारलाई एमालेले मान्यता दिन नसक्ने स्पष्ट पारेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने बेलामा प्रमुख प्रतिपक्ष एमाले प्रदेश सभा बैठक नै छोडेर बाहिरिएको थियो । बैठक छोडेर विश्वासको मत विभाजन प्रक्रियामा सहभागी नभएको एमाले संसदीय दलले सरकारलाई वैधानिकता दिन नसक्ने बताएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने लुम्बिनी प्रदेशसभा बैठक शुरू

लुम्बिनी प्रदेश सभाको बैठक पुनः शुरू भएको छ ।  आधा घण्टाका लागि स्थगित गरिएको बैठक भर्खर शुरू भएको छ । बैठकमा मुख्यमन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनेछ । बैठक शुरू भए पनि प्रतिपक्ष दल एमाले बैठकमा सहभागी छैन । सूर्य चिह्नबाट निर्वाचित सांसदहरू अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको छ । नेकपा एमालेका सांसद एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठक बहिष्कार गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेश : एमाले सांसदको विरोधका बीच मुख्यमन्त्रीले विश्वासको मत लिँदै

नेकपा एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेकै बेला लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी सभ

मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीलाई सत्ता साझेदार दलहरूले दिएको विश्वासको मत गत चैत १२ गते फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले वैशाख ११ भित्रै विश्वासको मत लिने तयारी गर्नुभएको हो ।