काठमाडाैँ- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाकी ५३ वर्षीया महिलामा बिहीबार उनका श्रीमानकाे मिर्गौला प्रत्यारोपण गरिएको हो। विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए। अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण […]