पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इतिहासमा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले मिर्गौला प्रत्यारोपण पहिलो चरणमा सफल भएको रातोपाटीलाई जानकारी दिए ।चिकित्सकको दुईवटा टोलीले ५० वर्षीय महिलामा मिर्गौला प्रत्यारोपण गराएको थियो । निर्देशक डा खत्रीका अनुसार ती विरामीकै श्रीमानको मिर्गौला मिल्ने देखिएपछि पोखरा र काठमाडौंको चिकित्सक टोलीले प्रत्यारोपण गराएको हो ।मिर्गौलाका लागि दुईवटा चिकित्सक टोली हुने खत्रीले जानकारी दिए । एउटा टोलीले म