काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्। मन्त्री आलले आफ्नो पाँच महिनाको तलब सहयोग गरेका हुन्।
मंगलबार मन्त्रालयमा उक्त चलचित्र निर्माणका निर्देशक दिनेश डिसीसहितको टोलीलाई मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब कर कट्टी गरी २ लाख ८० हजार ९०० रुपैयाँ प्रदान गरेका हुन्।