रानी पोखरी महानगरलाई हस्तान्तरण

ऐतिहासिक रानी पोखरीको स्वामित्व काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहिबार पोखरीको स्वामित्व काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमार्फत् हस्तान्तरण गरेको हो। ०७२ सालको भूकम्पले क्षति पु¥याएको रानीपोखरीको पुनर्निर्माण कार्य...

सम्बन्धित सामग्री

भक्तपुरको रानी पोखरी

भक्तपुरको सल्लाघारी अवस्थित रानी पोखरी (न्हुः पुखु) । विसं १६८७ मा तत्कालिन भक्तपुरका राजा राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ । त्यसको करिब ४० वर्षपछि मात्र तत्कालिन राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउन लगाएका थिए।

छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरलाई आग्रह

‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौं। खोली दिए धेरै राम्रो हुन्थ्यो। असनमा बस्नेहरुलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानी पोखरी उपलब्ध गराउन फेरी पनि विनम्र अनुरोध गर्दछौं।’...

सरस्वतीमाथि आरसिटीको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबमाथि पूनरागमन जित निकाल्दै रानी पोखरी कर्नर टिम (आरसिटी) ले शीर्ष डिभिजनमा बढुवा हुने सम्भावना बलियो बनाएको छ । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तरगत मंगलबार भएको खेलमा आरसिटीले सरस्वती क्लबमाथि २–१ को पूनरागमन जित निकालेको हो । आरसिटीको पूनरागमन जितमा अमर डंगोल र अमृत गुरुङले गोल गरे । […]

चर्च ब्वाइज र आरसिटीको महत्वपूर्ण जित

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड र रानी पोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा महत्वपूर्ण जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा चर्च ब्वाइजले झम्सिखेल युथ क्लबमाथि १–० को झिनो महत्वपूर्ण जित निकालेको हो । चर्च ब्वाइजको जितमा पहिलो हाफमा आशिष चापागाईले गरेको […]

आरसिटीमाथि चर्च ब्वाइजको जित, बाँसबारी दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले रानी पोखरी कर्नर टिम (आरसिटी) लाई पराजित गरेको छ । चर्च ब्वाइजले आरसिटीलाई २–० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजको जितमा कुवेर न्यौपाने र आशिष चापागाईले गोल गरे । दुवै गोल दोस्रो […]

ब्वाइज युनियन र आरसिटीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ब्वाइज युनियन क्लब र रानी पोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेलेका छन् । ब्वाइज युनियन र आरसिटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा आरसिटीका प्रज्वल गुरुङले गोल गर्दा ब्वाइज युनियनले आत्मघाती गोलबाट अग्रता लिएको थियो […]

आरसिटीसँग श्री भगवती स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष दौडमा रहेको टोखा श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो हार बेहोरेको छ । श्री भगवती रानी पोखरी कर्नर टिम (आरसिटी) सँग ३–० ले स्तब्ध बनेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा आरसिटीको जितमा प्रज्वल गुरुङले दुई तथा साहिल केसीले एक गोल गरे । […]

खुमलटारसँग आरसिटीको हार

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल रानी पोखरी कर्नर टिम (आरसिटी) ले लिगको पहिलो खेलमै खुमलटार युथ क्लबसँग हार बेहोरेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा आरसिटी खुमलटारसँग ३–१ को गोलअन्तरले पराजित भएको हो । खुमलटारको जितमा दिवस छन्त्याल, विपिन थापामगर र नवराज गुरुङले गोल गरे । आरसिटीका अनुप […]

पुनर्निर्माणपछि रानी पोखरी काठमाडौ महानगरलाई हस्तान्तरण

काठमाडौं । वि.सं. २०७२ को भूकम्पले क्षति पुगेको ऐतिहासिक रानी पोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणपछि औपचारिक रूपमा काठमाडौ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । बिहीबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीले काठमाडौ महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यलाई रानीपोखरी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा ज्ञवालीले ऐतिहासिक रानी पोखरीमा पानी राख्न निकै...

नगर प्रमुखबाट ह्वाङ ह्वाङ पाटी शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित रानी पोखरी (न्हु पुखु) को दक्षिण भागमा रहेको ह्वाङ ह्वाङ पाटीको शिलान्यास गरेका छन् ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले २०७६ साल जेठ १५ गतेबाट सुरु भएको भक्तपुरको रानी पोखरी पुनर्निर्माण कार्य करिब करिब अन्तिम चरणमा पुगेको बताए ।पुर्खाले सिर्जेको सम्पत्तिलाई मौलिक शैलीमा संरक्षण गर्ने कार्य भक्तपुर […]