नेपाली सेनाले कैलालीमा जीर्ण बनेका ऐतिहासिक किल्ला पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने ऐतिहासिक तारागढी र ताराकोट किल्लाको पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको हो । अंग्रेजहरूसँग लडाइ हुँदा राजाका सेनाहरू उक्त गढीमा आश्रय लगेर लडेका थिए । तर ती गढीको पुनर्निर्माण नहुँदा जीर्ण बनेका थिए । १६ लाख बढीमा निर्माण गरिएका तारागढी र ताराकोट आइतबार गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट मार्फत स्थानीय तहलाई हस्तान्तरण