सुक्खा पहिरो खसेपछि नुवाकोटको गल्छीमा सडक बन्द

काठमाण्डाै - नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको छ।   नुवाकोट र रसुवालाई जोड्ने मुख्य सडकमा हिजो पहिरो जाँदा आवागमन बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ। सडक खुलाउन गल्छी–रसुवागढी सडक योजनाको कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् । ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन समस्या भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिन...

सम्बन्धित सामग्री

मुग्लिन–नारायणगढ सडक खुल्यो

भरतपुर  : सुक्खा पहिरो खस्दा अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए।सडक दुईतर्फी अवरुद्ध हुँदा बाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।

नारायणगढ-मुग्लिन सडक खण्डको अवरोध हटाउन १० घण्टा लाग्ने

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक सुचारु गर्न दश घण्टाको समय लाग्ने बताइएको छ।...

नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो

भरतपुर – सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आज साँझ ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुल नजिक सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ । सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी […]

नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो

सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आज साँझ ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुल नजिक सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ । सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहीबार मात्रै भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यो वर्ष मात्रै दुई दर्जन बढीपट

हाँडेभिरमा सुक्खा पहिरो : बागलुङ–बेनी सडक अवरुद्ध

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ खण्डअन्तर्गत बेनी नगरपालिका–२, हाँडेभिरमा शुक्रवार साँझ सुक्खा पहिरो खसेको छ। पहिरो खसेपछि शुक्रबार साँझदेखि बेनी–बागलुङ सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनायो।

पहिराे खस्दा तानसेन–बुटवल सडक खण्ड बन्द

काठमाण्डाै – पहिरोका कारण तानसेन बुटवल सडक खण्ड बन्द भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पाको तिनाउ गाउँपालिका ५ कालीमाटीमा आज साेमवार दिउँसो सुक्खा पहिरो खसेपछि सडक बन्द भएको हो ।  अहिले डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । सुक्खा पहिरो गएको भए पनि अहिले पानी पर्न थालेकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुईतर्फी रूपमा नै  सडक बन्द भएकाले पाल्पाबाट वुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने यातायातका साधन बाटोमै रोकिएका छन् ।  सडक ...

स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालियो

रसुवा – मङ्गलबारदेखि बन्द स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ । सुक्खा पहिराले सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो । पहिरो हटाउन आज बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ । पहिरो पन्छाउन डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको स्काभेटर प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए। पैदलमार्गीलाई पहिरोस्थलमा सुरक्षितरुपमा […]

सोदुका स्थानीयको पीडा : एकातिर सुक्खा पहिरो अर्कातिर दूधकोशीको डर

काठमाडौं : ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-३ उबुँस्थित चुने नजिकैको रिब्दोम डाँडामा यतिखेर सुक्खा पहिरो झरिरहेको छ।पहिरोले दूधकोशी नदी केही मात्रामा थुनिएको छ। सोदुका स्थानीय जीवन राईका अनुसार यहाँ दशैँ अगाडिदेखि नै सुक्खा पहिरो झरिरहेको छ।अहिले धेरै मात्रामा माटो खस्दा नदी थुनिएर ताल बन्दै पानीको बहाव बढेको छ। जसकारण सोही क्षेत्रको १२ घर जोखिममा छन्। तर, पनि हालसम्म गाउँपालिका र सडक डिभिजन हर्कपुरले निकास दिन केही पहल नगरेको उनले बताए। ‘रिब्दोम डाँडा भन्ने ठाउँमा पहिरो गएको

सुक्खा पहिरो जाँदा यातायात सेवा अवरुद्ध

मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ ।पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन  सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपरान्हसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ ।पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका