काठमाडौं : ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-३ उबुँस्थित चुने नजिकैको रिब्दोम डाँडामा यतिखेर सुक्खा पहिरो झरिरहेको छ।पहिरोले दूधकोशी नदी केही मात्रामा थुनिएको छ। सोदुका स्थानीय जीवन राईका अनुसार यहाँ दशैँ अगाडिदेखि नै सुक्खा पहिरो झरिरहेको छ।अहिले धेरै मात्रामा माटो खस्दा नदी थुनिएर ताल बन्दै पानीको बहाव बढेको छ। जसकारण सोही क्षेत्रको १२ घर जोखिममा छन्। तर, पनि हालसम्म गाउँपालिका र सडक डिभिजन हर्कपुरले निकास दिन केही पहल नगरेको उनले बताए। ‘रिब्दोम डाँडा भन्ने ठाउँमा पहिरो गएको