सरकारी बजेट र दातृ निकायको अनुदानबाट खरिद गरी मुलुकका १ सय १२ वटा अस्पताल र स्वास्थ्य केन्द्रमा वितरण गरिएका साढे चार सयभन्दा बढी स्वास्थ्य उपकरण प्रयोग नै नभई वर्षौंदेखि थन्किएका छन् । स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा वितरण गरेका भेन्टिलेटर, हेमोडायलसिस, मनिटर, इन्डोस्कोपी, अक्सिजन प्लान्ट, मोबाइल एक्स–रे, अटोक्लेप, इन्फ्युजन पम्प, बेबी वामर, पोर्टेबल यूएसजी, आईसीयूका सहित २० थरीका उपकरण प्रयोगविहीन बनेका हुन् ।