संघीयता स्थापनापछिको पहिलो निर्वाचनबाट आएको बागमती प्रदेशको कार्यकाल सकिन अब केही दिन मात्र बाकि छ । पहिलो कार्यकालमा प्रदेशहरूले नागरिकलाई आशाभन्दा बढी निराशा बाँडेका छन् । देखिने गरी काम गर्न नसक्दा नागरिकहरूले प्रदेश सरकारको औचित्यमाथि नै प्रश्नसमेत गर्न थालेका छन् ।