काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
याे याेजनाअन्तर्गत वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्मको कर्जा विना धितो प्रदान गरिने बैंकले जनाएकाे छ । यो कर्जा १२ दशमलव शून्य आठ प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ ।
नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी २१ वर्ष वा त्याेभन्दा बढी उमेरका वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आईएमई बैंकमा कुनै पनि प्रकारको...