चितवन : भरतपुर महानगरपालिकाले राजस्व उठाउने नाममा नारायणी नदीको दोहन गरेको भन्दै भरतपुर–१६ का स्थानीयहरूले नदीजन्य पदार्थ ओसार्न प्रयोग भएका १५ वटा टिपरमाथि तोडफोड गरेका छन्।भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वरअन्तर्गत पर्ने नारायणी नदीमा वैशाख १ गतेदेखि नै नदी उत्खनन् सुरु भएको थियो। स्थानीयहरूले टिपरका सिसामा ढुंगा प्रहार गर्नुका साथै टायर बालेर महानगरको विरोध गरेका हुन्। राजस्व उठाउन नदीको जथाभावि दोहन गर्ने तर विकास निर्माणमा चासो नदिएको स्थानीयहरूको गुनासो छ।कोरोनाका महामारीमा