राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा निर्वाचन नलड्ने तर मनोनयनमा परेर निरन्तर पदमा रहिरहने नेताहरुलाई लगाम लगाउने गरी विधान संशोधनको तयारी भएको छ । पार्टीको अन्तरिम विधान संशोधनका लागि विधान मस्यौदा समिति बनाएर कामलाई तिव्रता दिइरहेको समितिमा हाल कायम निर्वाचन प्रक्रियामा व्यापक परिवर्तन गर्न छलफल सुरु भएको हो ।पार्टीका नेता तथा पूर्वमन्त्री निरञ्जन थापाको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले कार्यकर्ता तहसम्म छलफल गरेर विधान मस्यौदाको काम थालेको मस्यौदा समितिका सदस्य रामशरण पाठकले