तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुशी

तनहुँ : तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुशी भएका छन्। विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुशी भएका हुन्।कोरोना संक्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन्। विगत वर्ष कोरोनाको जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो।कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीले दशैँका दिन आफन्तसँग भेटघाट गर्दै टीका लगाउन पाउँदा खुशी लागेको बताए । दशैँका बेला निधार खाली हुन्छ कि भन्ने चिन्ता थि