गुगल ड्राइभमा समस्या, एकाएक हराए प्रयोगकर्ताका डेटा

यदि तपाईंको पनि गुगल अकाउन्ट छ र आफ्ना फोटो तथा भिडियोलगायतका सामग्रीहरुको ब्याकअप गुगल ड्राइभमा गर्नुभएको छ भने सतर्क हुनुहोस् । किनकि पछिल्लो पटक गुगल ड्राइभमा गम्भीर समस्या देखिएको छ । जसका कारण गुगल ड्राइभबाट प्रयोगकर्ताका डेटाहरु आफैं डिलिट भैरहेका छन् । विश्वभरका कैयन् प्रयोगकर्ताहरुले सोसल मिडियामा यसबारेमा गुनासो गरिरहेका छन् । गुगलले पनि कुनै […]

सम्बन्धित सामग्री

गुगल प्ले स्टोरबाट हरायो ई-सेवा, यस्तो छ कारण

काठमाडौं । गुगल प्लेस्टोबाट ई-सेवा एप हटेको छ । सिस्टम अपडेटको काम भइरहेकाले अस्थायी रूपमा प्ले स्टोरमा हटाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डाउनलोड भइसकेको एपमा भने कुनै समस्या हुने छैन । ‘ई-सेवा प्रालिबाट ई-सेवा लिमिटेडमा परिणत भएसँगै गुगल प्लेस्टोर र डेटा युनिभसल नम्बरिङ सिस्टममा अपडेट हुने क्रममा रहेको छ । अपडेट गर्ने क्रममा […]

इन्कोग्निटो पनि असुरक्षित ? नागरिकको गोपनीयता कायम राख्ने गुगलको प्रतिबद्धता

वासिङ्टन डिसी । लोकप्रिय अनलाइन सर्च इन्जिन गुगलले व्यक्तिको गोपनीयता कायम गर्ने सम्बन्धमा ‘इन्कोग्निटो’ (इन्कोग्निटो भनेको व्यक्तिले गरेको गतिविधि डेटा उपकरणमा सुरक्षित गरिएको वा साइन इन नगरेको खातामा राखिएको छैन भन्नु हो) मोडबाट इन्टरनेट ब्राउजिङ गर्दा डाटा सङ्ग्रह गरिएको छ भन्ने चासोबीच त्यसलाई सुरक्षित गर्न आफूहरु तत्पर रहेको जानकारी दिएको छ । ‘ब्राउन–गुगल’ को मुद्दामा […]

टिकटकलाई गुगल र एप स्टोरबाट हटाउन आग्रह गर्दै डेमोक्रेटिक सिनेटरले लेखे पत्र

अमेरिकामा डेमोक्र्याटिक सिनेटर माइकल बेनेट चाइनिज कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई एप्पल र गुगलबाट सञ्चालित एप स्टोरहरूबाट हटाउन माग गरेका छन् । टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम खडा गरेको भन्दै खुफिया समितिमा रहेका सांसद बेनेटले हटाउन माग गरेका हुन् । संसदले संघीय सरकारका उपकरणमा प्रतिबन्ध लगाएको एप टिकटक चीनको सरकारले अमेरिकीहरूको डेटा सङ्कलन गर्न वा चिनियाँ […]

समुद्रमुनि चुँडिएको इन्टरनेट केबल अब कसरी जोडिएला ?

हालैको एउटा शक्तिशाली ज्वालामुखी विस्फोटनका कारण दक्षिण प्रशान्त क्षेत्रको टापु राष्ट्र टोङ्गालाई बाँकी विश्वसँग जोड्न समुद्रमुनि बिछ्याइएको फाइबर-अप्टिक तार चुँडिएको छ।न्यूजील्यान्डको विदेश मन्त्रालयले महासागरमुनि ४९,८८९ किलोमिटर लामो तार मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने जनाएको छ।समुद्रमुनिको ज्वालामुखी विस्फोटन भएपछि उत्पन्न सुनामीका कारण टोङ्गाका १,१०,००० मानिसहरूको बाहिरी विश्वसँगको सम्पर्क विच्छेद भएको छ।साउथ प्यासिफिक विश्वविद्यालयको भूउपग्रह प्रयोग गरेर मुख्य टापुमा टूजी प्रविधिको ताररहित इन्टरनेट स्थापना गरिएको छ। तर यो इन्टरनेट निकै सुस्त गतिमा चल्छ।टुटेका तारहरू कसरी जोडिन्छन्?टोङ्गा केबलले सञ्चालन गरिरहेका तारहरू तटीय क्षेत्रमा ३७ किलोमिटरसम्म चुँडिएको आकलन गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार ज्वालामुखीपछि कम्पनीले गरेको जाँचका क्रममा तार छिनेको पत्ता लागेको थियो।युरोपेली सब सी केवल असोसिएशनका उपाध्यक्ष समेत रहेका भर्जिन मिडियाका इन्जिनियर पिटर जेमिसनका अनुसार यसको जाँच एकदमै सरल छ।'उनीहरूले टापुबाट प्रकाशको एउटा 'पल्स' पठाउँछन् जसलाई यात्रा गर्न कति समय लाग्छ भनेर एउटा मसिनले मापन गरेपछि कहाँ तार टुटेको छ भनेर थाहा हुन्छ,' उनले भने।मर्मत गर्ने डुङ्गालाई समुद्रमुनि तार टुटेको पहिलो ठाउँमा पठाइन्छ। त्यसपछि यसले आरओभी भनिने टाढैबाट सञ्चालन गर्न सकिने पनडुब्बी साधन वा ग्रापनेल भनिने एउटा चेन जडित हुकको सहायताले टुटेको ठाउँ पत्ता लगाउँछ।यसले तार टुटेको ठाउँमा डुङ्गामार्फत लगिएको नयाँ तार जोड्छ र तार चुँडिएको अर्को छेउमा पनि त्यसरी नै जोडिन्छ। सबै काम फटाफट हुँदा यसको लागि पाँचदेखि सात दिनसम्म लाग्नसक्छ।यसलाई किन लामो समय लाग्नसक्छ?तर मर्मतका लागि प्रयोग हुने विशेष डुङ्गा सबैभन्दा पहिले यो टापुमा पुग्न नै समय लाग्छ। यी टापुहरूबाट सबैभन्दा नजिक मर्मत गर्ने डुङ्गा पपुवा न्युगिनीको मोर्सबाई बन्दरगाहमा छ। जुन ४,७०० किलोमिटर टाढा हो।रिलायन्स नामको यो विशेष डुङ्गाले दक्षिण प्रशान्त क्षेत्रको ५०,००० किलोमिटर क्षेत्रमा सेवा दिँदै आएको छ। तर त्यसअघि विज्ञहरूले हालै ज्वालामुखी विस्फोट भएको समुद्र डुङ्गा र कर्मचारीहरूका लागि सुरक्षित रहे नरहेको निर्क्यौल गर्नुपर्नेछ।यस्ता तारहरू बारम्बार टुटिरहन्छन्?यस्ता खाले मर्मतहरू वर्षमा २०० वटा मात्र हुने गरेको अनुमान छ। त्यसमा पनि प्राकृतिक विपत्तिका कारण तारहरू चुँडिने घना कमै मात्र हुने गर्छन्। अधिकांश तारहरू चुँडिने घटना माछा मार्ने डुङ्गामा लगाइने जाली र बल्छीका कारण हुने गर्छन्।तर रोचक के छ भने यस्तो तारहरू बिछ्याइएको ठाउँ नजिक कुनै पनि डुङ्गाहरू आएको अवस्थामा जानकारी दिने प्रविधिको प्रयोग भएको हुन्छ। जसले तारहरू छेउ आउने डुङ्गाहरूलाई सचेत गराउन मद्दत पुग्छ।डेटा केबलहरू सिसाको फाइबरअप्टिक तत्त्वबाट बनेका हुन्छन्। फाइबरलाई सुरक्षाका लागि बाहिरी आवरणमा प्रयोग गरिएको तत्त्वका कारण मात्रै यस्ता तारहरू मोटो देखिने गर्छन्।एउटा महाद्वीपबाट अर्को महाद्वीपसम्म पुग्ने तारहरू समुद्रमुनि एकदेखि दुई मिटर गहिराइसम्म पुरिनुपर्छ। तर धेरे गहिरो समुद्रमा तारहरूमा क्षति पुग्ने सम्भावना कम हुने भएकाले अधिकांश यस्ता तारहरू समुद्रमुनिको सतहमा यत्तिकै छोडिने गरिएका छन्।यस्ता तारहरूमा क्षति पुग्ने भनेको टोङ्गामा भएको जस्तो अपवादमा हुने प्राकृतिक विपद् हो। सन् २००६ मा ताइवानको तटीय क्षेत्रमा गएको भूकम्पले पनि तारहरू चुँडाएको थियो। त्यसपछि उक्त क्षेत्रमा इन्टरनेट र अन्तर्राष्ट्रिय टेलिफोन सम्पर्क टुटेको थियो।यी तारहरू कत्तिको महत्त्वपूर्ण छन्?पश्चिमा देशहरूमा एउटा तार टुटिहाले पनि खासै समस्या हुँदैन किनभने यहाँ धेरै यस्ता तारहरू छन्। उदाहरणका लागि युकेसँग देशमा डेटा आदानप्रदानका लागि यस्ता ५० वटा तारहरू छन्। तर टोङ्गामा यस्तो तार एउटा मात्रै थियो।“यस्ता तारहरू दुई वटासम्म हुनु राम्रो हो,” जेमिसन भन्छन्। “तर तारहरू महँगा छन् र फेसबुक, गुगल कुनैले पनि त्यहाँसम्म तार लगेका छैनन्।”विश्वभरी अहिले झन्डै ४३० वटा समुद्रमुनि बिछ्याइएका तार छन्। करिब १३ लाख किलोमिटर फैलिएका यस्ता तारहरूले संसारभरि इन्टरनेट र सञ्चार सेवा पुर्‍याउँछन्।सन् २०१९ मा एउटा जहाजको लङ्गरका कारण यस्तो तार चुँडिएपछि टोङ्गाले भूउपग्रहमार्फत सञ्चारका सञ्जालका लागि १५ वर्षे सम्झौतामा हस्ताक्षर गरेको थियो।तर ज्वालामुखीको खरानीले देशको आकाश ढाकिएपछि स्याटलाइट फोनहरूले पनि काम गरेनन्। केही व्यक्तिहरूले आफूहरूले फोन गर्न सके पनि आएका फोनहरू उठाउन नसकेको बताएका छन्।धेरै खर्चिलो हुने भएकाले स्याटलाइट फोनहरू पनि सरकारी अधिकारी र केही व्यापारिक घरानाहरूले मात्रै प्रयोग गर्ने गरेका छन्। मोबाइल सेवा प्रदायक डिजिसेलले टोङ्गाटापु भनिने मुख्य द्विपमा साउथ प्यासिफिक विश्वविद्यालयको भूउपग्रह उपकरण मार्फत टुजी सेवा प्रदान गर्न अन्तरिम प्रणाली जडान गरेको छ। -बिबिसीबाट साभार

स्मार्ट पर्यटन नीतिमा ढिलाइ गर्नु हुँदैन

आजको दिनमा सूचना सञ्चार तथा प्रविधिबाट कोही अछुतो रहन सक्ने सम्भावना रहँदैन । आजको दिनमा कुनै व्यक्तिलाई बुझ्न तत व्यक्तिले प्रयोग गर्ने मोबाईल तथा स्मार्ट वाच नै पर्याप्त रहन्छ (इन्टरनेट अफ थिङ्स) । विभिन्न प्रविधिको प्रयोग द्वारा बहुआयामिक पक्षलाई समेट्ने विषयलाई विज्ञहरू ‘स्मार्ट‘ नामको संज्ञा दिएका छन् । यसरी नै पर्यटनलाई पनि सूचना सञ्चार तथा प्रविधिको दायराभित्र ल्याई स्मार्ट पर्यटनको उपमा दिइएको छ । पर्यटन जगत्मा विभिन्न सूचना–प्रविधिको प्रयोगमार्फत कुनै गन्तव्य एवम् पर्यटन सम्बद्ध कम्पनीको नीति निर्माण, योजना, व्यवस्थापनदेखि लिएर बजारीकरणसम्म गरिने कार्यहरूको एकीकृत प्रणालीलाई स्मार्ट पर्यटन भनेर बुझ्न सकिन्छ । स्मार्ट पर्यटनलाई विश्वका अधिकांश मुलुक तथा पर्यटनमा आबद्ध विभिन्न संस्थाले प्रयोगमा ल्याइसकेका छन् । यसबाट अत्यधिक लाभ पनि लिइरहेका छन् । नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न डिजिटल मार्केटिङ अत्यन्तै उत्तम विकल्पका रूपमा रहँदै आएको छ । नेपालमा निजी तवरले पर्यटन व्यावसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू डिजिटल मार्केटिङमार्फत राम्रै प्रतिफल समेत प्राप्त गर्दै आएका छन् । नेपाल पर्यटन बोर्डले पनि डिजिटल मार्केटिङमा यथेष्ट लगानी गरेको छ । साथै, प्रयोगकर्तामार्फत उत्पन्न प्रचारयोग्य सामग्री (अथवा, युजर जेनरेटेड कन्टेन्ट) लाई बजारीकरणको माध्यम नै बनिसकेको छ । यही मान्यताका आधारमा नेपालका पर्यटन व्यावसायी र बोर्डले विभिन्न देशी विदेशी ‘डिजिटल इन्फ्लुयन्सर’हरूलाई परिचयात्मक भ्रमण गराउँदै पनि आएका छन् । यी स्मार्ट पर्यटनको परिधिभित्रको सानो अंशको कार्यान्वयनको अभ्यास हो । ‘स्मार्ट पर्यटन’को यो देखिने खण्डभन्दा उत्तरार्द्धमा एकदमै बृहत् रहन्छ । सोशल मिडियामा हुने गनथन, लाइक, शेयर र पोस्ट पछाडि लुकेको बृहत् डेटाबेस अथवा अंग्रेजीमा ‘बिग डाटा’ स्मार्ट पर्यटनको गुदीभित्र रहेको हुन्छ । यी ‘बेग डेटा’मार्फत विभिन्न ट्रेन्ड/चलन पहिल्याउन सकिन्छ । अहिलेको चलायमान विचारको युगमा बिग डेटामार्फत नै व्यक्ति, समाज, देश एवम् भूगोलकै भावनात्मक विश्लेषण गर्ने औजारका रूपमा विकास हुँदै आएको छ । आजको दिनमा कुनै एक पर्यटक कुनै गन्तव्यमा चासो राख्न ट्राभल एजेन्ट नभई गुगल र फेसबुकको साहारा लिन्छन् । कुनै होटेल तथा रेस्टुराँको समीक्षालाई समेत ध्यान दिएर मात्र अबको उपभोक्ताले खरीदको निर्णय गर्छन् । कृत्रिम बुद्धिमत्तामा आधारित च्याटबोटमार्फत सकारात्मक प्रतिक्रियामार्फत कुनै अमुक व्यक्तिलाई प्रभावित गर्न सकिने क्षमतासमेत राख्छ । स्मार्ट पर्यटनलाई संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनले २०१९ मा कजकस्तानको राजधानीमा भएकोन नुर सुल्तान घोषणापत्रमार्फत नीतिगत रूपमा अंगीकार गरिसकेको छ । नुर सुल्तान घोषणापत्रको मुख्य लक्ष्य नागरिक, समाज, व्यवसायी र सरकारसमेतले आधुनिक प्रविधिमार्फत गुणस्तरीय जीवन प्राप्ति गर्नुलाई खुलाएको छ । कुनै गन्तव्यलाई पर्यटकीय रूपमा आकर्षक बनाइराख्न र पर्यटकलाई उक्त गन्तव्यको खोजी र घुमाइमा सूचना–प्रविधिलाई रचनात्मक साथै व्यावहारिक प्रयोगमा ल्याउन यस घोषणापत्रले सैद्धान्तिक मार्गदर्शन दिएको छ । घोषणपत्रका विभिन्न पक्षमध्ये गतिशीलता मार्पत सेवा एक हो । यसको तात्त्विक अर्थ कुनै वस्तु वा व्यक्ति विशेषको यातायातमा सहज अधिकार हुन्छ । नेपालमै पनि सारथि, पठाओ जस्ता एमएएएसमा आधारित व्यापारिक संस्थाहरूको दरिलो प्रदर्शन भइरहेको छ । यद्यपि, काठमाडौं बाहिर भने यस प्रकारको सेवाको पहुँच नै नभएको अवस्था छ । स्मार्ट पर्यटनलाई प्रयोगात्मक रूप निजीक्षेत्रले ल्याइसकेकाले राज्यले स्मार्ट पर्यटनलाई मलजल गर्नुपर्ने समय आइसकेको छ । नेपाल पनि विश्व पर्यटन संगठनको सदस्य राष्ट्रका नाताले स्मार्ट पर्यटनलाई सरकारी घोषणा, नीति एवम् बजेटमा अंगीकार गरिहाल्नुपर्ने देखिन्छ । स्मार्ट पर्यटनको कार्यान्वयनको चुनौतीका रूपमा रहेको विषय या अग्रगमन भनौं, हो– साझा अर्थव्यवस्था । आम बुझाइमा साझा अर्थव्यवस्था एउटा सुन्दर पहल हो भने सार्वभौम शक्ति या राज्य शक्तिलाई भने यो संशयको विषय बन्न पुगेको छ । भचुअल विधिमार्फत हुने कारोबार, र खरीद विक्री तथा ठेक्का पट्टाले गर्दा राष्ट्रिय अर्थतन्त्र नै नकारात्मक असर पर्न सक्ने सम्भावना रहन्छ । उदाहरणका लागि विश्वभर फैलिएको एअर बीएन्डबीमा न्यून शुल्कमा जो कोही जोडिन सकिन्छ । मात्र एउटा कोठालाई पनि अन्तरराष्ट्रिय स्तरमा बजारीकरणका निम्ति यो प्लेटफर्म वरदान सावित भएको छ । तर, यसबाट हुने कारोबारलाई भने राष्ट्रिय अर्थतन्त्रको तथ्यांकमा समेट्न मुश्किल हुन्छ । तसर्थ, साझा अर्थव्यवस्थालाई अर्थतन्त्रको दायराभित्र ल्याउनसमेत स्मार्ट पर्यटन गन्तव्यको नीतिगत अपरिहार्यताको खाँचो भइसकेको छ । स्मार्ट पर्यटनको आधार भनेकै तथ्यांक र विभिन्न सूचनाप्रविधिको प्रयोगमार्फत उत्पादित सूचना र तथ्यांकहरू हुन् र विभिन्न असंरचित तथ्यांक अथवा डेटाबेसलाई बुझ्न योग्य प्रतिवेदन उत्पादन गर्नका निम्ति उच्चस्तरीय कलन विधि (एल्गोरीदम) मार्फत विश्वका ठूला पर्यटन कम्पनी तथा पर्यटन बोर्डहरूले समेत प्रयोग गर्दै आएका छन् । यसै तथ्यांकबाट प्रक्षेपण तथा निर्णय लिन अत्यन्तै सहज बनाइदिएको छ । नेपालले पनि स्मार्ट पर्यटनको फाइदा लिन सक्छ । यसले पर्यटन क्षेत्रलाई मात्र समेट्दैन अरू अन्य व्यावसाय एवम् क्षेत्रलाई समेत वास्तविक समयका आधारमा प्रक्षेपण योग्य तथ्यांक उत्पादन गरिने हुनाले यसको प्रयोग सर्वव्यापी नै रहन जान्छ । स्मार्ट पर्यटनलाई वस्तुगत मूर्तता सहितको कार्यान्वयन गर्नका निम्ति भने राज्यका निकाय, सरोकारवाला संस्था, व्यवसायी र पर्यटकसहितको सामूहिक र सहभागितामूलक आचरणको खाँचो रहन्छ । यसको व्यवस्थापन भने राज्य प्रणालीले नै अग्रस्थान ओगट्न पर्ने हुन्छ । स्मार्ट पर्यटनको नीतिगत व्यवस्थासँगै देश र यसको निम्ति पर्याप्त तालीम र भौतिक तथा अभौतिक पूर्वाधार निर्माणमा समेत स्रोत व्यवस्थापनको खाँचो रहन्छ । नेपालको सूचना प्रविधिमा रहेको अग्रता, सरकारी कार्यसञ्चालनमा ई–गभर्नेन्सको प्रयोग र दूरसञ्चारमा आबद्ध जनसंख्या र प्रयोगकर्तामाझ बढ्दो पहुँचले स्मार्ट पर्यटनको कार्यान्वयन सहज देखिन्छ । स्मार्ट पर्यटनको उत्तरार्धमा रहने ‘बिग डेटा’ को उचित संरक्षण तथा बचाउको प्रणाली विकास गर्न भने सक्नुपर्छ । सूचना नै अर्थतन्त्र हो भन्ने बुझाइ र विचारलाई अवलम्बन गरेर स्मार्ट पर्यटनलाई सरकारको नीति तथा कार्यक्रम, राष्ट्रिय योजनामा समाहित गरि मूर्तता दिन ढिलाइ गर्न नहुने देखिन्छ । लेखक पर्यटन बोर्डमा आबद्ध छन् ।

फोर्ड र गुगलबीच रणनीतिक साझेदारी

फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् ।गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य […]

टप टेन ग्लोबल ब्रान्डमा परेन फेसबुक

वर्षभरी चलेको जाँच तथा डेटा चुहावट काण्डबाट प्रभावित सोशल मिडिया फेसबुक विश्वभरीको १०० कम्पनीको विश्ववापी ब्रान्डको वरियतामा टपप टेनमा पर्न असफल भएको छ । यस पटक कम्पनी १४ औं स्थानमा परेको छ । गत वर्ष यो कम्पनी आठौं स्थननमा रहेको थियो । पहिलो स्थानमा एप्पल रहेको छ भने दोस्रो र तेस्रो स्थानमा गुगल र अमेजन रहेका छन् ।