समुद्रमुनि चुँडिएको इन्टरनेट केबल अब कसरी जोडिएला ?

हालैको एउटा शक्तिशाली ज्वालामुखी विस्फोटनका कारण दक्षिण प्रशान्त क्षेत्रको टापु राष्ट्र टोङ्गालाई बाँकी विश्वसँग जोड्न समुद्रमुनि बिछ्याइएको फाइबर-अप्टिक तार चुँडिएको छ।न्यूजील्यान्डको विदेश मन्त्रालयले महासागरमुनि ४९,८८९ किलोमिटर लामो तार मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने जनाएको छ।समुद्रमुनिको ज्वालामुखी विस्फोटन भएपछि उत्पन्न सुनामीका कारण टोङ्गाका १,१०,००० मानिसहरूको बाहिरी विश्वसँगको सम्पर्क विच्छेद भएको छ।साउथ प्यासिफिक विश्वविद्यालयको भूउपग्रह प्रयोग गरेर मुख्य टापुमा टूजी प्रविधिको ताररहित इन्टरनेट स्थापना गरिएको छ। तर यो इन्टरनेट निकै सुस्त गतिमा चल्छ।टुटेका तारहरू कसरी जोडिन्छन्?टोङ्गा केबलले सञ्चालन गरिरहेका तारहरू तटीय क्षेत्रमा ३७ किलोमिटरसम्म चुँडिएको आकलन गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार ज्वालामुखीपछि कम्पनीले गरेको जाँचका क्रममा तार छिनेको पत्ता लागेको थियो।युरोपेली सब सी केवल असोसिएशनका उपाध्यक्ष समेत रहेका भर्जिन मिडियाका इन्जिनियर पिटर जेमिसनका अनुसार यसको जाँच एकदमै सरल छ।'उनीहरूले टापुबाट प्रकाशको एउटा 'पल्स' पठाउँछन् जसलाई यात्रा गर्न कति समय लाग्छ भनेर एउटा मसिनले मापन गरेपछि कहाँ तार टुटेको छ भनेर थाहा हुन्छ,' उनले भने।मर्मत गर्ने डुङ्गालाई समुद्रमुनि तार टुटेको पहिलो ठाउँमा पठाइन्छ। त्यसपछि यसले आरओभी भनिने टाढैबाट सञ्चालन गर्न सकिने पनडुब्बी साधन वा ग्रापनेल भनिने एउटा चेन जडित हुकको सहायताले टुटेको ठाउँ पत्ता लगाउँछ।यसले तार टुटेको ठाउँमा डुङ्गामार्फत लगिएको नयाँ तार जोड्छ र तार चुँडिएको अर्को छेउमा पनि त्यसरी नै जोडिन्छ। सबै काम फटाफट हुँदा यसको लागि पाँचदेखि सात दिनसम्म लाग्नसक्छ।यसलाई किन लामो समय लाग्नसक्छ?तर मर्मतका लागि प्रयोग हुने विशेष डुङ्गा सबैभन्दा पहिले यो टापुमा पुग्न नै समय लाग्छ। यी टापुहरूबाट सबैभन्दा नजिक मर्मत गर्ने डुङ्गा पपुवा न्युगिनीको मोर्सबाई बन्दरगाहमा छ। जुन ४,७०० किलोमिटर टाढा हो।रिलायन्स नामको यो विशेष डुङ्गाले दक्षिण प्रशान्त क्षेत्रको ५०,००० किलोमिटर क्षेत्रमा सेवा दिँदै आएको छ। तर त्यसअघि विज्ञहरूले हालै ज्वालामुखी विस्फोट भएको समुद्र डुङ्गा र कर्मचारीहरूका लागि सुरक्षित रहे नरहेको निर्क्यौल गर्नुपर्नेछ।यस्ता तारहरू बारम्बार टुटिरहन्छन्?यस्ता खाले मर्मतहरू वर्षमा २०० वटा मात्र हुने गरेको अनुमान छ। त्यसमा पनि प्राकृतिक विपत्तिका कारण तारहरू चुँडिने घना कमै मात्र हुने गर्छन्। अधिकांश तारहरू चुँडिने घटना माछा मार्ने डुङ्गामा लगाइने जाली र बल्छीका कारण हुने गर्छन्।तर रोचक के छ भने यस्तो तारहरू बिछ्याइएको ठाउँ नजिक कुनै पनि डुङ्गाहरू आएको अवस्थामा जानकारी दिने प्रविधिको प्रयोग भएको हुन्छ। जसले तारहरू छेउ आउने डुङ्गाहरूलाई सचेत गराउन मद्दत पुग्छ।डेटा केबलहरू सिसाको फाइबरअप्टिक तत्त्वबाट बनेका हुन्छन्। फाइबरलाई सुरक्षाका लागि बाहिरी आवरणमा प्रयोग गरिएको तत्त्वका कारण मात्रै यस्ता तारहरू मोटो देखिने गर्छन्।एउटा महाद्वीपबाट अर्को महाद्वीपसम्म पुग्ने तारहरू समुद्रमुनि एकदेखि दुई मिटर गहिराइसम्म पुरिनुपर्छ। तर धेरे गहिरो समुद्रमा तारहरूमा क्षति पुग्ने सम्भावना कम हुने भएकाले अधिकांश यस्ता तारहरू समुद्रमुनिको सतहमा यत्तिकै छोडिने गरिएका छन्।यस्ता तारहरूमा क्षति पुग्ने भनेको टोङ्गामा भएको जस्तो अपवादमा हुने प्राकृतिक विपद् हो। सन् २००६ मा ताइवानको तटीय क्षेत्रमा गएको भूकम्पले पनि तारहरू चुँडाएको थियो। त्यसपछि उक्त क्षेत्रमा इन्टरनेट र अन्तर्राष्ट्रिय टेलिफोन सम्पर्क टुटेको थियो।यी तारहरू कत्तिको महत्त्वपूर्ण छन्?पश्चिमा देशहरूमा एउटा तार टुटिहाले पनि खासै समस्या हुँदैन किनभने यहाँ धेरै यस्ता तारहरू छन्। उदाहरणका लागि युकेसँग देशमा डेटा आदानप्रदानका लागि यस्ता ५० वटा तारहरू छन्। तर टोङ्गामा यस्तो तार एउटा मात्रै थियो।“यस्ता तारहरू दुई वटासम्म हुनु राम्रो हो,” जेमिसन भन्छन्। “तर तारहरू महँगा छन् र फेसबुक, गुगल कुनैले पनि त्यहाँसम्म तार लगेका छैनन्।”विश्वभरी अहिले झन्डै ४३० वटा समुद्रमुनि बिछ्याइएका तार छन्। करिब १३ लाख किलोमिटर फैलिएका यस्ता तारहरूले संसारभरि इन्टरनेट र सञ्चार सेवा पुर्‍याउँछन्।सन् २०१९ मा एउटा जहाजको लङ्गरका कारण यस्तो तार चुँडिएपछि टोङ्गाले भूउपग्रहमार्फत सञ्चारका सञ्जालका लागि १५ वर्षे सम्झौतामा हस्ताक्षर गरेको थियो।तर ज्वालामुखीको खरानीले देशको आकाश ढाकिएपछि स्याटलाइट फोनहरूले पनि काम गरेनन्। केही व्यक्तिहरूले आफूहरूले फोन गर्न सके पनि आएका फोनहरू उठाउन नसकेको बताएका छन्।धेरै खर्चिलो हुने भएकाले स्याटलाइट फोनहरू पनि सरकारी अधिकारी र केही व्यापारिक घरानाहरूले मात्रै प्रयोग गर्ने गरेका छन्। मोबाइल सेवा प्रदायक डिजिसेलले टोङ्गाटापु भनिने मुख्य द्विपमा साउथ प्यासिफिक विश्वविद्यालयको भूउपग्रह उपकरण मार्फत टुजी सेवा प्रदान गर्न अन्तरिम प्रणाली जडान गरेको छ। -बिबिसीबाट साभार

सम्बन्धित सामग्री

इन्टरनेट, केबल टिभी र दूरसञ्चारका तार व्यवस्थापन नगरे प्राधिकरण आफैंले हटाइदिने

२३ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तानिएका र प्रयोगमा नरहेका अनावश्यक तार तत्काल व्यवस्थापन गर्न इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकलाई अनुरोध गरेको छ । यसको पालना नभए प्राधिकरण आफैंले तार हटाइदिने चेतावनी समेत दिएको छ । प्राधिकरणले यसअघि १५ कात्तिक र १८ पुस २०७९ मा यस्तै अनुरोध […]

इन्टरनेट सेवा प्रदायकले डलर भुक्तानीको सिफारिस पाउने

सरकारले इन्टरनेट सेवा प्रदायक तथा केबल टेलिभिजन सेवा प्रदायकहरुलाई विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबारबाटै डलर भुक्तानी सुविधा उपलब्ध गराउने जानकारी इन्टरनेट तथा केबल टेलिभिजन सञ्चालकहरुलाई गराएको छ । महालेखापरीक्षकको कार्यालयले औंल्याएको बेरुजु फर्छ्यौट नगरेको भन्दै सञ्चार मन्त्रालयले इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायकहरुलाई अमेरिकी डलर भुक्तानीको […]

इन्टरनेट सेवा प्रदायकले तिरेनन् पोल भाडाको बक्यौता

काठमाडौं, चैत ८ । इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कम्पनीहरूले पोल भाडाको बक्यौता भुक्तानी नगरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । गत असोजमा प्राधिकरण र इन्टरनेट तथा केबल सेवा प्रदायकबीच कात्तिकभित्र पोल भाडाको बक्यौता तिर्ने सम्झौता भएको थियो । त्यतिबेला पोल भाडा लगाउने विषयमा नयाँ सम्झौता गर्ने सहमति समेत भएको थियो । तर, […]

प्राधिकरणले इन्टरनेट र केबलको तार पुनः काट्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक र केबल टेलिभिजन कम्पनीहरूले विद्युत प्राधिकरणको पोल प्रयोग गरेबापतको भाडा बुझाउन ढिलाइ गरेको भन्दै प्राधिकरणले फेरि चेतावनी दिएको छ । प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गर्दै अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट तथा केवल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाई तत्काल बक्यौता बुझाउन प्राधिकरणले सोमबार सूचना जारी गरेको छ । प्राधिकरणले सम्झौतामा […]

मासिक १७७० रूपैयाँमा सुबिसुले ल्यायो ६५० एमबीपीएस गतीको इन्टरनेट

इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएसको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने भएका छन् ।  इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यो अफर ल्याएको जनाएको छ । ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र रु. १ हजार ७७० प्रति...

विद्युत प्राधिकरणले अब इन्टरनेट र केबल तार नकाट्ने

नेपाल विद्युत प्राधिकरणले केही समय इन्टरनेट (अप्टिकल फाइबर) र केबल टेलिभिजनहरुको तार नकाट्ने भएको छ।

तीन ठाउँमा काटियो इन्टरनेट र केबलको तार

१६ असोज, विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तीन ठाउँमा इन्टरनेट र केबल टिभीको तार काटेको छ । बिजुलीको खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेपछि शनिबार तीन स्थानको तार काटेको हो । शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख […]

प्राधिकरण–इन्टरनेट सेवा प्रदायक विवाद

इन्टरनेट, टेलिफोन र केबुल टिभी नेटवर्क व्यवसाय र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडाको विषय चर्कंदै जाँदा दोलखामा हालसम्म बिना सम्झौता प्राधिकरणको पोल प्रयोग भएको पाइएको छ । प्राधिकरणका पोल प्रयोग गरेर वर्षौंदेखि टेलिफोन, इन्टरनेट र केबल टिभी व्यवसायीले व्यवसाय सञ्चालन गर्दा पनि प्राधिकरणलाई पत्तै भएन । अहिले प्रयोग भइरहेको पोलको भाडा कसरी उठाउन भन्ने अन्योल […]

राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक

नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् पोल प्रयोग वापत राजश्व सङ्कलन गर्न थालेको छ । राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र रू ३२ लाख भन्दाबढी सङ्कलन भएको जनाइएको छ । विसं २०७३ मा पोल प्रयोग गरेवापत राजश्व लिने कार्यविधि बनाइए पनि चितवनमा ती सेवा प्रदायक कम्पनीले सेवा विस्तार गर्दा भुक्तानी दिन आनाकानी गर्दै आएका थिए ।  केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार बिहीबार चितवन केबल नेटवर्कबाट रु ३० लाख ५५ हज

सुबिसु केबल नेटका अध्यक्ष पराजुलीलाई यस वर्षको नेश्नल आईसिटी एक्सिलेन्सी अवार्ड

काठमाडौं, १९ बैशाख । सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट प्राप्त गरेका छन् । सरकारले आइतबार आइसिटी अवार्ड–२०२१ का विजेताहरुको घोषणा गर्दै पराजुलीलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड–२०२१’बाट सम्मानित गरेको हो । पराजुली इन्टरनेट सेवा प्रदायक संघ ९आइस्पान० का अध्यक्ष पनि हुन । नेपालमा इन्टरनेट सेवाका विस्तार तथ […]