पाकिस्तान क्रिकेट टोलीका मुख्य प्रशिक्षक मिस्बाह उल हकले आफ्नो पदबाट राजीनामा दिएका छन् । मिसबाहको साथै टोलीको बलिङ प्रशिक्षक वकार युनिसले पनि राष्ट्रिय टीमबाट राजीनामा दिएका छन् ।हालै पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्याण्ड र इंग्ल्याण्डविरुद्धको घरेलु टी–२० शृङ्खला र आगामी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । घोषणाको केही दिनपछि नै मिसबाह र वकारले राजीनामा दिएका हुन् । दुवै २०१९ मा राष्ट्रिय टोलीसँग जोडिएका थिए र उनीहरुको अझै एक वर्ष करार बाँकी रहेको थियो