बाबरको राजीनामापछि पाकिस्तान क्रिकेट बोर्डले तोक्यो नयाँ कप्तान

बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएलगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी)ले शाहिन शाह अफ्रिदीलाई टी–२० र शान मसूदलाई टेस्ट क्रिकेटको नयाँ कप्तान नियुक्त गरेको छ। निकट भविष्यमा कुनै एकदिवसीय खेल तालिका नभएकोले पीसीबीले अहिलेसम्म एकदिवसीय कप्तान भने तोकेको छैन। मसूदले पाकिस्तानका लागि एक दशकअघि टेष्ट क्रिकेटमा डब्यू गरेका थिए। तर लामो समय टीमबाट बाहिर थिए। […]