काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालले विभिन्न देशबाट ३ अर्ब ८ करोड ९६ लाख ४९ हजार रुपैयाँको स्याउ आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त रकममा ४ करोड १७ लाख १५ हजार १६६ केजी स्याउ नेपाल भित्रिएको छ। नेपालले पछिल्लो पाँच महिनामा चीनबाट १अर्ब २०करोड रुपैयाँ र भारतबाट १अर्ब ८८ करोड रुपैयाँको स्याउ आयात गरेको छ।