सात महिनामा बढ्यो निर्यात

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।सात महिनामा रु एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट रु ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो ।चालु आवको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै रु ११ ख

सम्बन्धित सामग्री

आयात बढ्यो निर्यात घट्यो

चालु आर्थिक वर्षको तीन महिनामा आयात बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको हो । साउन र भदौमा कमी भएको आयात भने असोजमा आएर बजारमा माग बढेसँगै आयातमा केही सुधार देखिएको हो । यस वर्षको दसैँ ढिला भई कात्तिकमा पुगेकाले चाडपर्वका लागि हुने खपतका लागि आयात बढेको हो ।

कोरोनाको समयमा पनि बढ्यो निर्यात

काठमाडौँ । निर्यात व्यवसायी महासङ्घ नेपालले कोभिड–१९ को समयमा पनि नेपालको निर्यात क्षेत्रमा उल्लेख्य वृद्धि भएको जनाएको छ । महासङ्घको दोस्रो वार्षिकोत्सवका अवसरमा हिजो यहाँ आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा निर्यात क्षेत्रमा वृद्धि भएको बताए । चालु […]

काँकडभिट्टा नाका : कृषि वस्तुको आयात बढ्यो, निर्यात घट्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात भएको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकले देखाएको छ ।      चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा उक्त नाकाबाट चार अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्यांक छ । सो अवधिमा नेपालबाट बंकलादेश, भारतलगायतका स्थानमा २ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको कार्यालयका प्रमुख देवीन्द्र साहूले जानकारी दिए । सो अवधिमा बंगलादेशबाट सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड ४६ लाख ५० हजार र भटमासकै दाना (तेलका लागि) एक अर्ब ६ करोड ४३ लाख ६४ हजारका आयात भएको छ । यस्तै मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा ३४ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको छ । त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ । कार्यालयका अनुसार भारतबाट २३ करोड ९२ लाखको धान र आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ । नेपालबाट भारत र बंगलादेशमा अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्यांक अनुसार सो अवधिमा १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । यो नाकाबाट अलैंची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निकासी हुँदै आएको छ । रासस

कृषिजन्य वस्तुको आयात बढ्यो, निर्यात घट्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा रु चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको […]

शतप्रतिशत बढ्यो निर्यात

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ४४ अर्ब तीन करोड रुपैयाँबराबरको निर्यात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा एक सय १५ प्रतिशतले बढी हो । सो...

पूर्वी नाकाबाट बढ्यो निर्यात

पूर्वी नाकाबाट नेपाली वस्तुको निर्यात व्यापार उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म आठ महिनामा ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको नेपाली वस्तु निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।

आयात घट्दा बढ्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वस्तु आयाततर्फ ४.८ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ६.१

आयात प्रतिशत घट्दा बढ्यो निर्यात

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वस्तु आयाततर्फ ४.८ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ६.१ प्रतिशतले वृद्धि भएर रु ६० अर्ब ८० करोड पुगेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ६ महिनाको आर्थिक तथा वित्तीय तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधार...

१० प्रतिशतले घट्यो आयात, बढ्यो निर्यात

चालू आर्थिक वर्ष ०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ