नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुवै खेल दशरथ रंगशालामा हुने भएको छ । यसअघि दुवै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौँमै सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । ने